Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा दक्ष कामदार (E-7-4) भिषाको उच्च अंकमा आवेदन दिन ७० अंक भए हुने ।

मीन बि क

दक्षिण कोरियामा रहेर पाँच बर्ष भन्दा धेरै अवधी काम गर्दै आईरहेका कामदारहरुलाई लक्षित गरि दिईदै आएको दक्ष भिषा (E-7-4) को उच्च अंकमा आवेदन दिनेहरुले 2022 मा 72 अंक भएकोले आवेदन दिन पाउथे भने 2023 को लागि  उक्त अंकलाई घटाएर ७० अंक भएकाले पनि आवेदन दिन पाउने ब्यबस्था जारी गरेको छ ।

अध्यागमन बिभागले  जनवरी ३ मा एक सुचना प्रकाशित गरि दक्ष कामदारको लागि उच्च अंकमा आवेदन दिने अंकभार घटाएको जानकारी दिएको छ ।  बार्षिक आम्दानी 10 अंक प्राप्त गर्न सक्नेले 70 अंक भएकोले आवेदन दिन पाउनेछन ।

दक्ष भिषाको लागि जनवरी २ देखि आफ्नो नजिकको अध्यागमन बिभागमा कुनै पनि समय नलिईकन सिधै गएर आवेदन दिन सक्नुहुनेछ ।

दक्षिण कोरियाले कोरिया प्रवेश गरेका दक्ष कामदारहरुलाई लक्षित गर्‍र 2023 मा इपिएस प्रणालीमा पनि व्यापक सुधार गरेको छ भने दक्ष भिषा कोटालाई पनि दुईहजारबाट बढाएर  पाँच हजार पुर्याएको छ ।

अध्यागमनले अंकभारलाई घटाएको सुचना यश प्रकार रहेको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय