Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको लागी सिधा उडानको भाडा घटाउने तयारी !

सिओल

रोजगार अनुमति प्रणालीबाट दक्षिण कोरिया आउने नेपाली श्रमिकहरुले चर्को हवाई भाडा तिर्नुपरेको गुनासो आउने गरेको छ । उनीहरुले तिर्ने भाडा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा दोब्बर बढी छ । सामान्यतया काठमाडौँदेखि कोरियासम्मको भाडा मापनुसार ५०० देखि ६६५ डलरसम्म हुनुपर्ने हुन्छ । ईपीएस मार्फत कोरिया आउने नेपाली कामदारहरूले भने एक हजार २०० डलरभन्दा बढी तिर्दै आएका छन् ।

ईपीएस कोरिया शाखाले भाडा घटाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत पहल गर्दै आएको छ । तर, भाडा घट्ने कुनै छनक देखिएको छैन ।यसरी भाडा महँगो हुनुको पछाडि २ वटा कारण छन् । एउटा, नेपालबाट कोरिया उडान गर्ने एउटा मात्रै एयरलायन्स रहेको छ । कोरियन एयरले नेपालबाट सिधा उडान भर्दै आएको छ ।यसको दोस्रो कारण भनेको दक्षिण कोरिया सरकारले ईपीएसमार्फत लैजाने नेपाली कामदारका विषयमा राखेको सर्त छ । कोरोना महामारीपछि नेपाली कामदार कोरिया आउन पाउने अवस्था थिएन । कोरोनाको कारण देखाउँदै कोरियन सरकारले नेपाली कामदार सिधा उडानमार्फत मात्र लिने सर्त राखेको थियो ।

त्यसअघि ट्रान्जिट हुँदै कोरिया आउने गरेका थिए । तर, कोरोनाको कारण देखाउँदै कोरियाले सिधा उडानबाट मात्र कामदार ल्याउने सर्त राखेपछि नेपालले ‘हुन्छ’ भनेको थियो ।सोही आधारमा कार्यविधि नै संशोधन गरेर कामदार ल्याउन थालियो । तर, त्यो सर्त मान्दा नेपाली श्रमिकको काँधमा दोब्बर बढी खर्च पुग्यो ।

भाडा घटाउने विषयमा ईपीएस शाखा कार्यालयले टेण्डर नै आह्वान गरेको छ । काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म सिधा हवाई उडानमा ईपीएस मार्फत जाने नेपाली कामदारहरूको लागि टिकट आपूर्ति गर्न ९ मंसिरमा ३० दिने सूचना प्रकाशित गरेको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय