Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाद्वारा आगामी ३ बर्ससम्मको लागि नेपाली मौसमी कामदार लैजान रोक

नेपाल लाई ३ वर्ष दक्षिण कोरियाले ६ महीने मौसमी कामदार कोरिया भित्र्याउन रोक लगाएको विशेष स्रोत बाट सूचना प्राप्त भएको छ।दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेको र कोरिया गएपछि कामदार उतै लुक्ने संख्या बढे पछि रोक लगाएको जानकारीमा आएको छ।
कोरियाली र नेपाली एजेन्टको सक्रियतामा भगिनी सम्बन्ध जोडेर केही पालिकाले मौसमी कामदार मोटो रकम लिएर कोरिया पठाउने गरेको थियो। व्यापक विरोध पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई परिपत्र गरेको थियो। दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि त्यसलाई रोक्न संघीय मामिलाले परिपत्र गरेको थियो र  शून्य लागतमा मौसमी कामदार आफैँ पठाउने तयारी  सरकारले गरेता पनि अहिले लाई भने रोकिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय