Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

अब मौसमी श्रमिक सरकारले शून्य लागतमा पठाउने

सामाजिक सञ्जाल स्क्रोल गरिरहँदा तपाइँहरूले पनि देख्नु भएकै होला। फेशबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा विभिन्न मुलुकहरूमा मौसमी श्रमिकले राम्रो आम्दानी गर्न सक्ने भनेर लेखिएको भेटिन्छ।

कतिपयले बेलायत, दक्षिण कोरिया, जर्मनी लगायत विभिन्न मुलुकमा मौसमी श्रमिकका रूपमा कसरी जान सकिन्छ भन्दै भिडियो पनि राखिरहेका हुन्छन्।

त्यहाँ पुगेर ६ महिनाको अवधिमै १२ देखि २० लाख रुपैयाँसम्म कमाई गर्न सक्ने भन्दै लोभ्याइरहेको भेटिन्छ। जसले गर्दा आकर्षण बढ्दो छ।

Trip

कतिपय नेपाली युवाहरू ट्राभल एजेन्सी तथा शैक्षिक परामर्श संस्था कन्सल्टेन्सीहरू मार्फत् गन्तव्य मुलुकमा पुगेका पनि छन्। यस्ता कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरूले मौसमी श्रमिकका रूपमा पठाइदिने बहानामा एक जना व्यक्ति बराबर पाँच लाख रुपैयाँभन्दा बढी रकम असुलेर अलपत्र पारेका घटना पनि बढिरहेका छन्।

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाउँदैन। म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा बेलायत जानेहरूलाई वैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति प्रदान गरेको अवस्था पनि छ।

तर मौसमी श्रमिक श्रम स्वीकृति लिएरभन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभलएजेन्सी तथा दलालहरू मार्फत् ठूलो संख्यामा पुग्ने गरेको आशंका गरिएको छ। उनीहरूलाई पठाउने बहानामा निकै ठूलो रकम ठगी भइरहेको आशंका पनि अधिकारीहरूको छ।

Comments

ट्रेन्डिङ

लोकप्रिय