Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

यसकारण १० हजार अवैधानिक विदेशी कामदारले कोरिया छोडनुपर्यो !

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरिया सरकारले कोरियामा अवैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिकलाई धरपकड तथा स्वेच्छिक स्वदेश फिर्ती कार्यक्रम सुरु गरेयता १० हजार आप्रवासी कामदारले कोरिया छाडेका छन।

गत अक्टोबर देखी डिसेम्बर १० सम्मको २ महिना अवधीमा कोरिया सरकारले आप्रवासी विदेशी कामदारलाई कडाई तथा धरपकड अभियान नै सन्चालन गरी स्वदेश फिर्ता गर्ने कार्यक्रम नै चलाएको थियो।जस अन्तर्गत धरपकड तथा स्वेच्छिक स्वदेश फिर्ती कार्यक्रम अन्तर्गत १० हजार जनाले कोरिया बसाईलाई पुर्णविराम लगाएको कोरियाली न्याय मन्त्रालयले जनाएको छ।

कोरिया सरकारले मुख्यतया यौन सुविधा र मसाज सेवाहरु जसले सामाजिक हानी पुर्याउछन त्यस्ता क्षेत्रहरु,स्थानिय चोक,मार्ट तथा डेलीभरी जस्ता उधोगहरुमा धरपकड गरेको थियो।

मन्त्रालयका अुनुसार कुल ३८६५ गैरकानुनी आप्रवासीहरू धरपकडमा पक्राउ परेका थिए र तीमध्ये ३२८१जना लाई जबरजस्ती देशनिकाला आदेश दिइएको थियो। राष्ट्रियताका आधारमा, थाइल्याण्डी सबैभन्दा बढी १,४४१, भियतनामी ८१४, चीनीया ५८७ र मंगोलियाली १६५ जना थिए।

मन्त्रालयका अनुसार ७,३७८ गैरकानुनी आप्रवासीहरूले स्वैच्छिक प्रस्थान कार्यक्रम मार्फत कोरिया छाडेका छन, जसमा जरिवाना छुट र प्रवेश प्रतिबन्ध फुकुवा दिइएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय