Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा एक नेपाली सुतेको अवस्थामा मृत फेला !

सिओल

ईपिएस मार्फत विगत ५ बर्षदेखी कोरियामा कार्यरत सोलुखुम्बु जिल्ला तामाखानी लोदिङ का यूवा कोरियामा सुतेको अवस्थामा मृ त फेला परेका छन।

दक्षिण कोरियाको ह्वासाङ्ग सि को नाम्यङ मा रहेको गाडीको पार्टपुर्जा बनाउने साम्दक खुम्सोक जु नामक कम्पनीमा कार्यरत सोलुखुम्बुका राम प्रकाश रेग्मी मगरको कम्पनीको खिसुक्सामा सुतेको अवस्थामा निधन भएको नाम नखुलाउने शर्तमा सोही कम्पनीका उनका सहकर्मी ले जानाकारी दिएका छन ।

उनका अनुसार उनी अहिले कोरोना भिषामा कार्यरत थिय।कोरिया बसाई अवधी ९ महिना बाँकी रहेका उनी गत आईतवार नाईट ड्युटी गरेर सोमबार विदा भएका कारण बाहिर गएर आएका थिय।बाहिर गएर आएर सुतेका उनी मंगलबार को नाईट ड्युटि जानुपर्ने थियो तर उनी ड्युटी नगएपछी कोठामा हेर्न आउदा मृत फेला परेको उनले बताए।छ जना नेपाली कामदार रहेको उक्त कम्पनीमा ३ जना डे ३ जना नाईट सिफ्टमा काम गर्ने गरेको उनले बताएका छन।

संगै काम गर्ने साथी ड्युटी नगएपछी कोठामा आएर हेर्दा मृत फेला परेपछी प्रहरी लगायत आपतकालीन सेवाका लागी ऐम्बुलेन्समा सम्पर्क गरी कम्पनी साहु समेत ले उनलाई अस्पताल लगेको उनले बताए।

मृ’तक मगरको शब नजिकैको अस्पतालमा राखिएको तर कुन अस्पताल लगेको भनी उनलाई थाहा नभएको बताएका छन।यसबारेमा दुताबासमा बुझ्न खोज्दा दुतावासको श्रम कन्सुलर को सम्पर्क नम्बर अफ भएको कारण थप विवरण लगायत पोस्ट मार्टम रिपोर्ट,शव नेपाल पठाउने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय