Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपालमा गाई मारेको अभियोगमा कोरियामा शरणार्थी बन्नेहरु

कोरियामा नेपाली शरणार्थी छन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बाध्यताको परिधिले घेरिएकाहरु पनि होलान । अनपेक्षित परिस्थितिले निम्त्याएको परिणामको नतिजा पनि होला । रहर र देखासिखीले पनि होला अर्थोपार्जनको उत्कट चाहना पनि होला । कोरियामा नेपाली शरणार्थीहरु बढ्दो क्रममा छन ।

शरणार्थी भन्ने शब्द मैले बाल्यकालदेखि सुन्दै आएको भएता पनि यसको तात्पर्य बुझ्न भने मलाई नेपालमा रहेका  भुटानी  शरणार्थीले सहयोग गरे । उनिहरुको बोल्ने भाषा नेपाली लगाउने पोषाकमा नेपालको टोपी संस्कृतहरु नाम थर पनि नेपाली यत्तिको आधारमा उनिहरु भुटानमा देशद्रोही बने ,घरहरुमा आगो लगाइए ,महिलाहरूलाई बलात्कार गरे , भुटान सरकारले अनागरिक ठहर गर्यो सेनाका बुट बजारिए अर अन्त्यमा आफ्नो पुर्खाको थलोमा बस्न नसक्ने अवस्था सृजना भयो मर्नु भन्दा बौलाउनु ठिक भन्दै उनिहरु नेपालमा प्रवेश गरे नेपाल सरकारले शरण दियो त्यसैले उनिहरु शरणार्थी बने । सरल भाषामा यसरी बुझिरहेको थिए । देश काल परिस्थितिले देशमा बस्न नसक्ने अवस्था सृजना भएको खण्डमा शरण लिनको लागि विस्तारित हुनुपरेका हरु शरणार्थी बन्दै गए । हाम्रो देश नेपालले पनि भोग्यो ।

नेपाल भन्ने बित्तिकै अन्तर्राष्ट्रिय समुदायले हिमालयको देश ,गौतम बुद्दको देश ,विर गोर्खालीको देश भनेर चिन्छन । भने हामीले बुझ्दै आएको नेपाल सयौं जातजाती भाषा धर्म संस्कृतिहरु बिच हजारौं भिन्नता विभेद भएपनी सामाजिक सद्भावपुर्ण भएको समाज रहेको देश हो । यस्तो देशका नागरिकहरु कोरिया  प्रवेश गरेपछी कसरी शरणार्थी बन्दैछन त?

एउटा सहयोग गरुदिनुपर्यो लौन , एक जनाको अनुरोध भएपछी मानविय स्वभाव त होनि सकेको सहयोग किन नगर्ने भन्ने लाग्यो । उसलाई शरणार्थी भिषा बनाउने अनि केहिसमय पैसा कमाउने र फर्कने भन्ने योजना रहेछ । अब शरणार्थी भिषा कोरियामा के कति कारण देखाउदा दिने हो थाहा थिएन ।  केहि साथीहरुसंग जानकारी लिएपछी एक जना शरणार्थी भिषा बनाएको साथी फेला पर्यो । उसले भिषा बनाएको प्रक्रिया तरिका आवश्यक कागजात लाग्ने दस्तुर सबै बुझ्ने कुरा भयो । उसले पनि एक जना दलाल मार्फत शरणार्थी भिषा बनाएको रहेछ । तर सबै कुरा उसलाई पनि जानकार रहेनछ । दलाललाई भनेजती पैसा दियो भनेको ठाउँमा हस्ताक्षर गर्यो भिषा प्राप्त गर्यो बस्यो । यतिमै सिमित रहेछ ।

 

आफुलाई भने के कारण देखाउँदा कोरियामा एघार बर्ष काम गरेर राम्रो आम्दानी गरेको सबै पैसा घर पठाएको मान्छेलाई शरणार्थीको रुपमा स्विकार गर्दो रहेछ भन्ने उत्सुकता जागेर आयो । अनि उसले भनेको दलालसंग बुझ्न मन लाग्यो ।  भाइ यति पैसा लाग्छ काम हुन्छ अरु किन चासोको बिषय हो र भन्दै थिए दलाल भनिएका नेपाली दाइले । तर मलाई पनि बुझ्ने उत्कट चाहना थियो । उक्त दाईले पनि सबै काम नगर्ने रहेछन उनी कोरियन वकिल र नेपालीको बिचको पुल बनेर बिचमा कमिशन खाने रहेछन सबै काम कोतियन वकिल मार्फत हुने रहेछ । कारणहरु पनि कोरियनले नै आफू खुशी राख्ने र बनाउनु पर्ने कागतपत्रहरु पनि कोरियनले नै तयार गरिदिने रहेछ ।

के कस्ता कारणहरुले गर्दा शरणार्थी बनाउने रहेछ केही जानकारी त होला नि  त भन्ने जिज्ञासामा दलाली दाईले हल्का फुल्का बहाना बनाएर झुटको खेती गर्ने हो पाईहालिन्छ भने । कारणहरुमा  कोरिया बस्दा गाईको मासु खाने गरेको बानी परेकाले नेपालमा गएर गाई /गोरु काटेर खाएको प्रशासनमा उजुरी परेकोले नेपाल जान सक्ने अवस्था नरहेकोले उक्त अवस्थाको छिनोफानो  नहुने अवधिसम्म कोरियामा रहन पाउँ भनेर कोरिया बस्ने अवधी सम्मको लागि बस्ने बासोस्थानको पुर्ण विवरण सहित पेश गर्छन भाइ । प्रायः सबैले बनाउने कागज भनेकै गाई मारेको अभियोगमा हो । कोरियामा गाईको मासु खाईने हुँदा यिनिहरुको कानुनमा कहिकतै गाई मारेकोलाई आपराधिक गतिविधिमा संलग्न भएको मानिदैन । त्यही भएर पनि भिषा दिने गर्छन ।

हिन्दु धार्मिक संस्कार र संस्कृतिप्रती बफादार भएर  हुर्किएको म कोरिया ११ बर्षको अवधीमा एक पटक पनि गाईको मासु नखाएको म कसरी गाई मारेर मासु खाएको अभियोगमा परेको र घर जान नसक्ने अवस्था सृजना भएको छ भनेर झुटो कागज बनाएर शरणार्थी बनौं ? कसरी आफ्नै आत्मसम्मानको लिलामी गरौं ? कसरी आफ्नो देशप्रती गद्दारी गरौं ? कसरी यो मेरो पुज्य गौमाताको हत्या अभिगोगको सामना गरौं । मलाई शरणार्थी भिषा भनेको त गौमाताको हत्या अभियोगमा जेल बसेको जस्तो लाग्यो । बरु म भोकै बसौंला तर यो झुठो सहारा लिएर देशको आत्मासम्मानमा कुठाराघात कहिल्यै गर्ने छैन । दुईचार पैसाको निमित्त मैले आफ्नो र नेपाल आमाको इज्जतमा दाग लगाउन दिने छैन  भनेर भिषा बनाउन सहयोग माग्ने भाईले भन्दै थियो । उ अहिले घर फर्किने तरखरमा रहेको छ । उसलाई नेपाल बसाई थप उपलब्धिमुलक रहोस भन्ने शुभकामना दिन चाहन्छु ।

घमण्डले मानिसलाई एउटा टुप्पोमा पुर्याउन सक्छ टुप्पोमा रहिरहन मद्दत गर्दैन । कोरिया प्रवेशपछि गरिने देखावटी पनले कोरिया बसाईको अन्त्यतिर आउँदा धेरैलाई अझै थप बसौं कि भन्ने लाग्ने रहेछ। तर बैधानिक बाटाहरु बन्द हुँदैगर्दा अबैधानिक र झुटको साहारा लिनुको बिकल्प नहुने रहेछ । बैधानिक बसाईलाई लम्ब्याउनको लागि पनि शुरुदेखी नै कोसिस गर्ने को भने कोरियामा आफ्नै मेहनतले लामो समय अवधी बस्न सकिने भिषा  (E-7-4) बनाएर बस्न सकिन्छ । त्यसबाट अन्य भिषाहरु बनाउन परिवारसंगै बोलाएर पनि बस्न सकिन्छ । कोरिया बसाईलाई एक सिकाईमा परिणत गरौं  ।

 

 

 

 

 

 

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय