Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

नेपालीको जमघट तुङ्देमुन बाट घट्दै  सुवनतर्फ बढ्दै

 

दक्षिण कोरियाको राजधानी सउल स्थित मिनि नेपाल जस्तो लाग्ने तुङ्देमुन बजारमा नेपाली रेष्टुरेन्टहरुको उपस्थिती बाक्लो रहेको छ । कोरियाका चाडपर्वहरुमा यश क्षेत्रमा नेपालीहरुको मेला लाग्ने गर्थ्यो । नेपालीहरु अटाउनै गाह्रो पर्ने गरेर जम्मा हुन्थे । यो आजकल कथा जस्तो लाग्न थालेको छ ।  आजकल नेपालीहरुका रेष्टुरेन्ट हरु पनि कोरियाका विभिन्न ठाउँहरुमा छरिरहेका छन नेपाली स्वाद लिनकै लागि तुङ्देमुन  जानुपर्ने बाध्यात्मक परिस्थिति क्रमशः घट्दो छ ।
Trip
अर्को तर्फ तुङ्देमुन कोरियाको उत्तरतर्फ रहेकोले दक्षिण तर्फ रहेका नेपालीलाई यात्रा धेरै लामो गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । कोरियाको लगभग बिचमा रहेको सुवन एरिया अहिले नेपालीहरुको बाक्लो जमघट हुने स्थानको रुपमा अगाडि बढ्दै गरेको छ । सबैलाई पायक पर्ने लगभग कोरिया मध्यभागतिर रहेको सुवनलाई नेपालीहरुले फुलबारीको उपनामले पनि चिन्ने गर्दछन । बिगतमा यो एरियामा रेडलाईट एरिया रहेकोमा अहिले भने हटाइएको भनिएको छ ।
 हिजोआज नेपाली कार्यक्रमहरु पनि तुङ्देमुन केन्द्रित भन्दा सुवन केन्द्रित हुनुले नेपालीहरुको जमघट सुवनमा बढ्दै गएको मान्न सकिन्छ । गत छुसककै मुल्यांकन गर्ने हो भने पनि अधिकांश कार्यक्रमहरु सुवन केन्द्रित रहेका थिए भने तुङ्देमुनमा नेपालीहरुको उपस्थिति निकै घटेको महसुस गर्न सकिन्थ्यो ।
 तुङ्देमुन स्थित ब्यबसाय गर्ने केही व्यावसायिक ब्यक्तिहरुले पनि तुङ्देमुनमा नेपाली जमघटको संख्यामा केही ह्रास आएको स्विकारेका छन । यसले के संकेत गर्दछ भने अब नेपालीको बाक्लो उपस्थिती कतै सुवन त हुने होइन ??
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय