Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया स्थित नेपाली राजदुतावास अब आइतबार पनि खुला रहने

वासुदेव भट्ट

दक्षिण कोरिया स्थित नेपाली राजदुतावासले अब आइतबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ। कोरियामा रहेका नेपाली कामदारहरुले दूतावास बन्द हुँदा भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै १३ नोभेम्बर बाट आइतबार पनि दूतावासले सेवा प्रवाह गर्न लागेको हो।

यस अगाडि दूतावास आइतबार बन्द हुने गर्दथ्यो। जसका कारण कोरियामा रोजगारीको शिलसिलामा गएका नेपाली कामदारहरुले निकै सास्ती भोग्दै आइरहेका थिए।

कोरियाका लागि नेपाली राजदुत ज्योति भण्डारी प्याकुरेलले संचारकर्मीहरु संगको कुराकानीमा अहिले परिक्षणको रुपमा महिनाको एउटा आईतबार सुरुमा ५० जनाका लागि सेवा सुरुवात गर्न लागिएको साथै प्रतिक्रिया र परिणामको आधारमा सेवालाई अझ बिस्तार गरिने बताउनुभयो ।

आइतबार पनि सेवा बिस्तार गर्ने निर्णय गर्दै दूतावासले पहिलो आइतबारको दिन ई-पासपोर्ट को लागि दूतावास खुला गर्ने छ। जसमा फारम भर्नको लागि क्युँआर कोड स्क्रिनसर्ट गरेर मेसेन्जरमा पठाउन अनुरोध गरेको छ।

नेपाल पत्रकार महासंघ शाखा दक्षिण कोरिया लगायतका सस्थाहरुले आईतबार पनि दुतावासले सेवा प्रवाह गर्नु पर्ने माग राख्दै विभिन्न समयमा औपचारिक तथा अनौपचारिक रुपमा दुतावासको ध्यानाकर्षण गराउँदै आएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय