Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एमटियु अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२ प्रदान गरिने

अशोक मैनाली ,

सौल। एमटियुका अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२’ अवार्ड प्रदान गरिने भएको छ। नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले यस बर्षको सोसियल हिरोको उपाधीबाट प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई सम्मान गरिने निर्णय गरेको उपाध्यक्ष सन्दिप गिरीले बताएका छन्।

उपाध्यक्ष गिरीका अनुसार राई दक्षिण कोरियमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधानमा पहल गरेको र मजदूर अधिकारको लागी संघर्ष गरेको भन्दै उक्त अवार्ड प्रदान गर्न लागिएको हो। पत्रकार महासंघ कोरियाका पुर्व अध्यक्ष तथा नया दैनिकिका सम्पादक समेत रहेका अध्यक्ष अशोक मैनालीको संयोजनको समितिले नेपाल तथा कोरियामा विभिन्न क्षेत्रमा योगदान गरेका नेपाली तथा कोरियन नागरिकहरु मध्यबाट राईलाई छनोट गरेको थियो।

नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले नोभेम्बर ६ तारिखमा एक विशेष कार्यक्रमको आयोजना गरेर राईलाई उक्त अवार्ड प्रदान गरिनेछ। सोहि दिन नेपालको चर्चित चलचित्र झिगेदाउ पनि प्रदर्शन गरिने कार्यक्रम संयोजक दिवाकर चौलागाँईले बताएका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय