Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा चलचित्र झिंगेदाउ प्रदर्शन हुने

कोरीया, सौल। नेपालमा पछिल्लो समय लोकप्रिय रहेको नेपाली कथानक चलचित्र झिंगेदाउ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। नेपाल -कोरिया फ्रेन्डशिप कम्युनिटीको आयोजनामा दक्षिण कोरियाको राजधानी सौलमा नोभेम्बर ६ तारिखमा प्रदर्शन हुने भएको हो।  २००८ सालमा भीमनिधि तिवारीले सोही नाममा लेखेको कथामाथि सिनेमा बनाइएको छ। यो कथा २००८ सालमा नेपाल भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको ‘नेपाली सामाजिक कहानी’को अन्तरे भागमा समाविष्ट छ। तिवारी आफ्ना सामाजिक कथाका लागि नेपाली साहित्यमा कहलिएको नाम हो। कथा ८ सालमा लेखिएको भएपनि सिनेमामा भने २०३० सालको सेरोफेरोमा प्रस्तुत गरिएको छ।

Trip

समिक्षकहरुले नेपाली अर्गानीक फिल्मको उपमा पाएको यो चलचित्रमा आँचल शर्मा, केकी अधिकारी, मुकुन भुषाल,  कुशल विष्ट, हिउबाला गौतम, अन्शु महर्जन, आयान खड्का, संगम भण्डारी, विजय देउजा, अभयराज बराल, पासा. टि शेर्पा, आशा भुषालको अभिनय रहेको छ। नेपाल -कोरिया फ्रेन्डशिप कम्युनिटीले उक्त चलचित्रबाट संकलित आम्दानीबाट वुमन फर वुमनले संचालन गरेको नेपाली सेल्टर र नेपालका बिकट क्षेत्रमा रहेका बालबालिकाको शिक्षाको क्षेत्रमा सहायोग गर्ने बताएको छ।  साथै संस्थाले कोरियामा रहेका नेपाली संघ संस्था लगायत सबैलाई उक्त चलचित्र प्रदर्शनीलाई सहयोग गर्न अपिल  समेत गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय