Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा अविरल बर्षाको बितण्डा,११ जनाको मृत्यु,८ बेपत्ता साथै अर्वौको क्षति !

दक्षिण कोरियामा गत सोमबार देखी बिभिन्न स्थानमा परेको अविरल बर्षाको कारण ११ जनाको ज्यान गएको छ भने ८जना बेपत्ता रहेका छन।

मृ’त्यु हुनेहरुमा ६ जना राजधानी सिओल,३ जना ख्यङ्गीदो तथा २ जना खाङ्वन्दो प्रान्तका रहेका छन।आठ बेपत्ता नागरिक मध्य तिन जन सिओलका रहेका छन भने बाँकी अन्य क्षेत्रका रहेको केन्द्रिय प्रकोप बिभाग तथा सुरक्षा काउन्टरमेजर मुख्यालयको कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।

कुल ३७७५ घर र भवनहरू डुबानमा परेका छन , तीमध्ये अधिकांश सियोलमा रहेको बुझिएको छ। सिओलका ५४८ घरपरिवारका ९८० भन्दा बढी व्यक्तिहरू बाढीबाट विस्थापित भएका छन।

उनीहरू लाई अहिले स्थानीय विद्यालय र जिममा राखिएको छ। देशभरका २,०४२ घरपरिवारका थप ४,२९७ जनालाई अस्थायी रूपमा जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

कोरिया मौसम प्रशासनले सियोल क्षेत्र सियोलबाट २७ किलोमिटर पश्चिम ईन्छनमा अहिलेको लागी मुसलधारे वर्षाको चेतावनी हटाएको छ, तर दक्षिण हाल छुङ्छन प्रान्त सहित देशको मध्य क्षेत्रका लागि भारी वर्षाको चेतावनी भने कायम राखेको छ, जहाँ वर्षा प्रति घन्टा ३० देखी ४० मिलिमिटरको बीचमा पुग्न सक्ने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ। कोरियापाटिबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय