Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन राजदुतावासमा कर्मचारी र दलालको मिलेमतो , अपोईण्टमेन्ट लिन दलाललाई १५ हजार रुपैयाँ बुझाउनुपर्ने ।

नेपाल स्थित कोरियन राजदुतावासमा नेपाली कर्मचारी र दलालको मिलेमतो

         काठमाडौं रविभवन स्थित दक्षिण कोरियाली राजदुतावासमा नेपाली  दलाल र दूतावासमा कार्यरत कर्मचारी बिचको साँठगाँठले  सेवाग्राहीहरु मर्कामा परेका छन । बाहिरका दलालहरुको नेपाली कर्मचारीसंगको सेटिङमा एउटा अपोईण्टमेन्ट मिलाइदिएको १५ हजार नेपाली रुपैयाँ लिने गरेका छन ।
        दक्षिण कोरियामा लामो समय बस्न मिल्ने भिषा बनाउनेको संख्या बढेसंगै उनिहरुले आफ्नो परिवारलाई कोरिया लैजान पाउने ब्यबस्था रहेको छ भने कामदारको रुपमा कोरिया पुगेकाहरुले पनि आफ्ना परिवारलाई कोरिया घुमाउन ल्याउन चाहनेको संख्या अत्याधिक रहेको छ ।  कोरिया अध्ययन गर्न जाने बिद्यार्थीको संख्या पनि उत्तिकै छ ।  कोभिड -19 को कारणले कोरिया जानबाट रोकिएका धेरैले कोरियाको लागि  आवेदन गर्न अपोईण्टमेन्ट बाहेकको बिकल्प छैन । यहि अपोईण्टमेन्ट लिनको लागि नै  दूतावासको कर्मचारी र बाहिरका दलाल बिचको मिलोमतोमा दैनिक जसो सयौंको संख्यामा सास्ती भोगीरहेका छन भने खर्छ गरेर भएपनी अपोईण्टमेन्ट लिन बाध्य भएका छन ।
         अनलाईन अपोईण्टमेन्ट लिने सिष्टम दूतावासको वेबसाईटमा खुलाएपनी त्यसमा अपोईण्टमेन्ट लिन  नसकिने  बनाईएको छ यदि झुक्किएर लिईहालेको भए पनि कन्फमेशन मेल नआउने  गरेको छ । दूतावासकै नेपाली कर्मचारीको मिलेमतोमा  बाहिर दलाल राखेर एक जनाको कागजपत्र बुझाउने धन्दा गर्दै नेपाली दाजुभाईहरुलाई ठगी गर्दै आएको हामीलाई उनै दलालसंग १५ हजार तिरेर अपोईण्टमेन्ट लिएका एक जना पीडितले  हामीलाई बताएका छन ।
      काठमाडौंको जमलमा रहेका अफिसमा  एक जना दलाललाई भेटेर १५ हजार हातमा राखिदिएपछी जुन सुकै समयमा  अपोईण्टमेन्टको मिति मिलाईदिन्छन । दूतावासको कर्मचारीलाई नाम भनेपछी सिधै कागजात पेश गर्न दिन्छन । सोधपुछ गर्दा झर्केर बोल्ने, सोधेको कुराको जवाफ नदिने, गलत जवाफ दिने, कोरियन कर्मचारीसंग कुरा गर्न नदिने उनले  दलाल मार्फत गएका आफ्ना रुपैयाँका ग्राहकलाई भने गतिलो सेवा दिदै आएका छन ।
          ” दिनहुँ अपोईण्टमेन्ट लिने भनेर अनलाइनमा बल्लतल्ल अपोईण्टमेन्ट लिएकाहरुको  कन्फमेशन मेल आउदैन किन होला भन्ने जिज्ञासा लागिरहन्थ्यो दूतावासकै कर्मचारी दलाल रहेछन पैसा लिदै अरुलाई पठाउँदा रहेछन  हामी कन्फमेशन मेल भन्दै कुर्दै बसेर नहुने रहेछ । ” एक जना पीडितले हामीसंगको कुराकानीमा सुनाए  ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय