Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाली राजदुतावास कोरियाले मानसिक स्वास्थ्य सम्बन्धी खुला छलफल कार्यक्रम गर्दै

सौल दक्षिण कोरिया ,

  दक्षिण कोरिया स्थित नेपाली राजदुतावास  सउललेकोरियामा रहेका नेपालीहरुलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य सम्बन्धि खुला  कार्यक्रम गर्ने भएको छ ।

कोरियामा बेलाबेलामा भइरहने दुर्घटना ,आत्महत्या ,मानसिक बिछिप्तताले निम्त्याउने अनेक किसिमका रोगहरुको न्यूनीकरणका निमित्त नेपाली दुतावासले समय समयमा  नेपालमा रहेका बिज्ञ हरुलाई अनलाइन तथा भौतिक रुपमै उपस्थिति गराएर कार्यक्रम गर्ने गरेको छ ।

यी र यस्ता कार्यक्रमले गर्दा बढ्दो आत्महत्य धेरै हदसम्म रोकिएको बिगतका तथ्यांकहरुले पनि  देखाउछ । दक्षिण कोरियामा कार्यस्थलमा हुने विभिन्न किसिमका जोखिमहरु तथा कोरियाको नियमहरु कामदारहरुलाई जानकारी दिन विभिन्न घुम्ती सेवा संचालन गर्दै आएको दूतावासले यो पटक शनिबार खुला स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने भएको छ ।

यश कार्यक्रममा जोडिएर आफुलाई परेको कुनै पनि समस्या राख्न तथा मानसिक रुपमा हुने यावत प्रश्नहरु आफैले राख्न पाउनुहुने र कोरियामा भएका धेरै भन्दा धेरै नेपाली सहभागी हुने अपेक्षा श्रम सहचारी रमा भट्टराईले ब्यक्त गर्नुभेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय