Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सुवन सहरमा कबड्डी ४ दोस्रो शो अगस्ट ०७ आइतवार मा हुने

 

नेपाली कथानक चलचित्र कबड्डी ४ फाईनल म्याच दक्षिण कोरियाको पहिलो शो सउल पछि दोस्रो शो सुवन सहरमा प्रदर्शन हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाले उक्त चलचित्र आउँदो अगस्ट ०७ आइतवार दोस्रो शो सुवनमा प्रदर्शन गर्ने भएको छ ।

उक्त चलचित्र 경기도인재개발원 신과 다산홀 मा प्रदर्शन गर्ने आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि online Ticket Booking र बसको व्यवस्थापन बारे छलफल गरी केहि दिनमा विस्तृत जानकारी दिने समेत बताएको छ ।

कोरियामा रहेका नेपाली जनसमुदाय बिचको आपसी सद्भावको निरन्तरता साथै कोरियामा आइपर्ने विभिन्न आकस्मिक दुर्घटनाको लागि आपत्कालिन राहतकोष संकलन गर्ने मुख्य उद्धेश्यले चलचित्र प्रदर्शनको तयारी गरेको राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष ओमलाल ओलीले बताए । चलचित्र तमू धीं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरूङसँग आवश्यक सम्झौता गरेको पनि जानकारी दिए ।

चलचित्र हेरेर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय