Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

2023 को लागि दक्षिण कोरियाको न्युनतम ज्यालामा वृद्धि

दक्षिण कोरियामा आगामी बर्षका लागी श्रमिकको तलव यस बर्षको तुलनामा ५ प्रतिशतले बढने भएको छ।आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको हो।

सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राती बसेको पूर्ण बैठकमा श्रमव्यवसायी र सर्वसाधारणबाट ९/९ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समिति ले निर्णय गर्दै आगामी बर्षका लागी श्रमिकको ज्याला ५ प्रतिशतले वृद्दी गर्ने भएको हो।यससंगै २०२३ जनवरी देखी श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन।यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ।

वार्ताको क्रममा, श्रमिक का पक्षधर ले यस वर्षको ९,१६० वोन बाट उल्लेखनीय बृद्धि गर्न आह्वान गरेको थियो।श्रमिक पक्षधरले अघिल्लो मुन जे-इन प्रशासनले घोषणा गरेको न्यूनतम घण्टाको ज्याला १० हजार वनमा पुर्‍याउने वाचा पूरा गर्न माग गरेको थियो।यसैबीच रोजगारदाताका पक्षले उच्च ब्याजदर, मुद्रास्फ्रिती र उच्च विनिमय दरसँगै कोभिड–१९ को महामारीका कारण भएको आर्थिक क्षतिलाई ईङ्गित गर्दै अहिलेकै ज्याला लाई कायम राख्न अनुरोध गरेका थिय।

कानुन अनुसार न्युनतम ज्याला निर्धारण समितिले नयाँ न्यूनतम पारिश्रमिक श्रम मन्त्री समक्ष पेश गरी अगस्ट ५ सम्ममा सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने हुन्छ।समितिले समयमै फैसला गरेको आठ वर्षमा यो पहिलो पटक हो।

नयाँ ज्याला जनवरी १, २०२३ देखि लागू हुनेछ। पुर्व मुन जे ईन प्रशासन अन्तर्गत, न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढेको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय