Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा अवैध रुपमा बसेका १३ नेपाली पक्राउ !सबैजना देश निकाला हुँदै !

 

कोरियामा मौसमी कामदारका रूपमा प्रवेश गरी अवैध रूपमा काम गर्ने ठूलो संख्यामा विदेशीहरू पक्राउ परेका छन्।

न्याय मन्त्रालयको सुवन अध्यागमन कार्यालयले अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैर कानुनी रुपमा काम गरेको आरोपमा हालै १३ नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

यसपटक पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८)’ को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानूनी रूपमा अर्को ठाउँमा काम गरेको पाइएको थियो भने
बाँकी नौ जनाको भिषा अवधि सकिएको कारण अवैध अवस्थामा रहेका थिए ।

तिनीहरू आनसङ सि तथा ख्यङ्गिदो मा एक कम्पनीमा अधागमन विभागको धरपकड प्रक्रियामा पक्राउ परेका हुन।
अवैध रूपमा आफ्नो कार्यस्थल छोडेका विदेशीहरूलाई काममा राख्ने कम्पनीलाई समेत कारबाही प्रकृया अगाडी बढाईएको छ।

विशेष गरी त्यसरी काममा लगाउने दुई जनाले मिलेर मौसमी कामदारका रूपमा प्रवेश गर्ने नेपालीलाई गैरकानूनी रुपमा काममा लैजाने र काम लगाएबापत खर्च असुल्ने गरेका थिए ।

सुवन अध्यागमन सेवाले घरेलु रोजगार आदेश उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका सबै १३ नेपालीलाई देश निकाला गर्ने योजना बनाएको छ र रोजगार लगाउने कम्पनीलाई अवैध रोजगारीको अभियोगमा अध्यागमन नियन्त्रण ऐन बमोजिम कारबाही गर्ने भएको छ ।

सुवन अध्यागमन कार्यालयका एक अधिकारीले भने, “हामी मौसमी कामदारको प्रस्थान र गैरकानूनी रोजगारी जस्ता गैरकानूनी गतिविधिहरू नियन्त्रण गर्न नियमित रुपमा प्रकृया जारी राख्नेछौं जसले स्थानीय सरकारहरू र मौसमी कामदारहरूलाई आमन्त्रित गर्ने किसान र माछा मार्नेहरूलाई गम्भीर रूपमा नोक्सान पुर्‍याउँछ।” कोरियापाटिबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय