Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जुलाई १० मा नेपाली जनसम्पर्क समिति कोरियाले बिधान अधिवेशन गर्ने

सौल।

नेपाली जनसम्पर्क समिति कोरियाले बिधान अधिवेशन गर्ने भएको छ। जुन १२ तारिक आईतबार सल्लाहकार सहित कार्यसमितिको पूर्ण बैठकले जुलाई १० तारिकमा बिधान अधिवेशन गर्ने निर्णय गरेको हो।

नेपाली जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त बैठकले बिधान अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न मातहत सम्पूर्ण समितिहरू परिचालन गर्ने निर्णय गरेको छ। उक्त बैठकले बिधान अधिवेशनको लागि सुझाव संकलन गर्न क्षेत्रीय समितिलाई परिचालन गर्दै क्षेत्रबाट सुझाव संकलन गर्ने कार्यमा सहयोग गर्न क्षेत्रीय सभापतिहरुलाई आग्रह गर्ने निर्णय गरेको थियो।

अहिले विभिन्न क्षेत्रमा सुझाव संकलन कार्य भईरहेको जनसम्पर्क समिति कोरियाले जनाएको छ। छैठौ कार्यसमिति सर्व सहमतिबाट चयन भए पनि बिधानको बिषयमा हलबाट पारित हुन नसकेपछि नंया कार्यसमितिले जति सक्दो छिटो बिधान अधिबेशन गर्ने निर्णय गरिएको थियो। पार्टीको मुल बिधान अनुरुप कतिपय बिषयहरु संसोधन तथा परिमार्जन गर्न आवश्यक देखिएकोले जनसम्पर्क समितिका सल्लाहकार डा अग्नीराज कोईरालाको संयोजकत्वमा रहेको बिधान समितिले बिधानमा आवश्यक सुधार तथा संसोधनको लागी कार्य गरिरहेको बताईएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय