सौल दक्षिण कोरिया , दक्षिण कोरियाको एअर कोरियन एअरले आउँदो अगष्ट महिनादेखी नेपालको लागि रेगुलर उडान भर्ने भएको छ ।
आउँदो अगष्ट १ बाट सोमबार र बुधबार गरी हप्ताको २ दिन रेगुलर उडान गर्ने भएको छ । कोभिड महामारि पछि नेपालको लागि चाटर्ड उडान गरिरहेको थियो । २ बर्ष देखि बन्द रहेको रेगुलर उडान अगष्ट बाट खुल्ने भएपछि नेपालबाट कोरियन भाषा पास गरेकाहरु लाभान्वित हुनेछन भने अहिले लिदै आएको जहाज भाडा कम हुन सक्नेछ । अहिलेसम्म यात्रु भएमा मात्रै कामदार लिन जाने गरेर सेटिङ्ग गरि उडान भरिएको थियो । उडान नहुदा धेरै कामदारको ccvi क्यान्सिल पनि भएको थियो । अबदेखि ccvi क्यान्सिल हुए संभावना पनि नहुन सक्छ ।