Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भिषा सकिएर अबैध रुपमा काम गर्दै बसेका दुई भियतनामी पक्राउ

जेजु स्थित सामुन्द्रीक प्रहरी बिभागले २ जना अबैध रुपमा बस्दै आएका 20-30 बर्ष उमेर समुहमा पर्ने  भियतनामी नागरीकलाईपक्राउ गरेको जनाएको छ ।

      उनलाई काममा लगाउदै आएका 50बर्ष समुहमा  पर्ने कोरियन नागरिकलाई पनि प्रहरिले नियन्त्रणमा लिएको छ ।  उनिहरुलाई जागीर दिएका कोरियन नागरिकले माछा मार्ने जहाज भाडामा लिएर माछे मार्ने काम गरिरहेको जनाएको छ । अबैध रुपमा लुकेर माछे मारिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जेजु प्रहरिले जनाएको छ । उनिहरु सबैलाई अध्यागमन बिभागको कानुन उलंघन गरेको आरोप लाग्नेछ । भने उचित प्रक्रिया पुर्याएर बिदेशी नागरिकलाई उनिहरुकै देश फिर्ता गरिनेछ  भने कोरियन नागरिकलाई अबैधानिक रुपमा बसेका  बिदेशीलाई जागीर दिएको र अध्यागमन बिभाग सम्बन्धी मुद्दा लगाईनेछ ।
          अबैधानीक रुपमा बसेका भियतनामी नागरिक 2018/19 मा कोरिया प्रबेश गरेको जनाईएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय