Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

परिवार तथा अफन्तलाई मौसमी कामदारको रुपमा कोरिया बोलाउने तरिका यस प्रकार रहेको छ ।

कोरियन संग बिबाह गरेका F-6, F-5,तथा कोरियन नागरिकता बनाएका बिदेशी नागरिकले आफ्नो परिवार तथा अफन्तलाई मौसमी कामदारको रुपमा कोरिया बोलाउने तरिका यस प्रकार रहेको छ ।
कोरियामा गर्नुपर्ने
१ कोरिया भित्र्याउन चाहनेको सम्बन्ध स्पष्ट खुलेको प्रमाणपत्र लिएर नजिकैको (시 ,군) मा गएर मौसमी कामदारको लागि आवेदन दिने ।
२ आवेदन स्वीकृत भएपछी , त्यही आवेदनको साथमा (निमन्त्रणा पत्र , ग्यारेन्टी जमानत पत्र ) सरकारी वकिलबाट रुजु गरेर आफन्तलाई पठाउने

नेपालमा गर्नुपर्ने
१ – कोरियामा बिबाह गरेको र नेपालबाट कोरिया ल्याउन लागेको ब्यक्तिबिचको पारिवारिक सम्बन्ध स्पष्ट खुलेको प्रमाणपत्र अंग्रेजीमा ।
२- नेपालको सरकारी निकायले प्रमाणित गरेको जन्मदर्ता अंग्रेजीमा
३- कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्र
४- स्वास्थ्य परिक्षणको प्रमाणपत्र : कोरियाले मान्यता दिएका अस्पतालमा मात्रै
५- टि . बि . क्षयरोग नभएको प्रमाणपत्र
६ – कोरियाबाट आफन्तले पठाएका सम्पुर्ण कागजपत्रको लिएर नेपाल स्थित कोरियन राजदुतावासमा स्वयं उपस्थिती भएर भिषा आवेदन दिने
७-शुरुमा भिजिट भिषा C-4 प्राप्त हुन्छ जसको अवधी 90दिन मात्रै हुन्छ पछि 5महिना थप ग्र्न सकिनेछ जम्मा 8 महिना कोरिया बसेर अनिवार्य रुपमा नेपाल फर्किनु पर्नेछ भिषा थपिने छैन तर पुनः कोरिया आउन भने मिल्नेछ ।
८ भिषा प्राप्त गरेपछी जहाज चडेर सरररर कोरिया आउने अनि कृषि , मत्स्य तथा पशुपालनको क्षेत्रमा काम गर्ने।
झन्झटिलो पनि सजिलो पनि दुबै छ है ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय