Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया पठाउने विषयमा नागरिकलाई मु’क्का हान्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

सिओल

आफूसंग असहमत व्यक्तिलाई हात’पात गर्ने फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती सरु राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई कुटपि’ट तथा अभ’द्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ।फाकफोकथुम(१ का कृष्णबहादुर खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर मुक्का प्रहार गरेको आरोप छ।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद बढेको थियो।आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी छन्।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवाहरुले विरोध जनाएँदै आएका छन्। अन्नपूर्ण बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय