Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

काभ्रे सम्पर्क समिति कोरियाले मानसिक स्वास्थ्य तथा  तनाव व्यवस्थापन कार्यक्रम गर्दै !

सौल।  काभ्रे सम्पर्क समिति,दक्षिण कोरियाले मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा परामर्श कार्यक्रम २०२२ मार्च १२ तारिकका दिन राति ८:०० बजे(कोरियन समय) भर्चुअल माध्यम जुमबाट आयोजना गर्ने भएको छ।सम्पुर्ण काभ्रेलीहरु एक होऔं,प्रवासी भुमिको दु:ख सुखमा सहयात्री बनौं” भन्ने मुल नाराका साथ सन् २०११ मा स्थापित काभ्रे सम्पर्क समिती दक्षिण कोरिया, प्रवासमा रहेर निरन्तर समाजिक तथा परोपकारी गतिविधिमा योगदान दिइरहेको छ।यसैक्रममा कोरियामा रोजगारी ,अध्ययन,व्यापार व्यवसाय लगायतका क्षेत्रमा नेपालीहरु आउने क्रम बढे संगै यहाँ विविध खाले समस्याहरु पनि दिन प्रतिदिन बढीरहेको पाइएकोले यस्तै समस्याहरु मध्य पछिल्लो समय एक प्रमुख समस्याको रुपमा मानसिक स्वास्थ्यमा देखिदै आएको समस्यालाई केही हदसम्म भएपनि निराकरण गर्ने उदेश्यले यहि मार्च १२ तारिख शनिबार ‘मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम’आयोजना गर्न लागिएको काभ्रे सम्पर्क समिति,दक्षिण कोरियाका अध्यक्ष प्रकाश योन्जनले बताए।

कोरोना महामारीका कारण जुम वेबिनार मार्फत नेपालकै प्रख्यात वरिष्ठ मनोविद/मनोबैज्ञानिक डा. केदार रायमाझीद्वारा प्रशिक्षण तथा परामर्श हुने भएकोले यस कार्यक्रममा उपस्थिति भइ अवसरको अधिक लाभ ग्रहण गर्नको लागि सम्पूर्णमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।
उक्त कार्यक्रम जुम भर्चुअल माध्यमबाट हुनुको साथै कार्यक्रमको प्रत्यक्ष प्रशारण काभ्रे सम्पर्क समिति द. कोरियाको आधिकारिक फेसबुक आइडिबाट समेत हुनेछ।
कार्यक्रमको विवरण निम्न रहेको छ।
मिति :-२०२२ मार्च १२
समय :-राति ८:०० बजे(कोरियन समय)
जूम आईडी:-89678802931
पासवर्ड:-977977

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय