Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले क्वारेन्टाइनको अवधिलाई घटायो

सिओल

दक्षिण कोरियाले यहि बुधबार देखि लागि हुनेगरी कोरोनाको संक्रमित प्रमाणीत भएको व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका हरुको क्वारेण्टाईन अवधीमा हेरफेर गरेको छ। यदि कोरोना संक्रमितको सम्पर्कमा रहेको व्यक्तिले भ्याक्सिनको 2 खोप पुरा लगाएको १८० दिन नकाटेको अवस्थामा ७ दिन मात्रै खोप नलगाएको खण्डमा १० दिन अनिवार्य क्वारेन्टाइनको बस्नुपर्ने भएको छ ।
त्यसैगरी संक्रमितको सम्पर्कमा आएको ६ -७ दिन कटेको तर कोरोना परिक्षण गरी नेगेटिभ रिजल्ट आएमा अनिवार्य क्वारेन्टाइन बस्नु नपर्ने नियम समेत जारी गरेको छ । स्मरण रहोस कोरोनाको संक्रमित प्रमाणीत भएको व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको भन्नाले संगै ८ घण्टा जति बसेको वा काम गरेको भन्ने बुझीन्छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय