Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भिजा सकिन लागेका कामदारको भिजा थपियो १ बर्ष, हेरौं क-कसको थपियो?

दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिजा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिजा दिने निर्णय भएको छ।

को’रोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अ’भावको सम’स्या भोग्दै आइरहेका थिए। यस्तो स’मस्या समाधानका लागि भिजा अवधि सकिन लागेका कामदारहरुलाई थप १ बर्ष भिजा अवधि थपिन लागेको हो।केहि दिन अघि दक्षिण कोरियाका केहि समाचार अनलाईन मेडियाहरुले कामदारहरुो भिजा अवधि थप हुने बारेमा समाचार लेखेसँगै यहाँ रहेका इपिएस कामदारहरु खुशी भएका थिए।

आज कोरियाको सरकारले आउँदो जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्म मा भिजा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुन १ बर्ष भिजा थपिदिने निर्णय भएको हो। तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिजा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अ’भावको स’मस्या समा’धान गर्न भन्दै भिजा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिजा अवधि १ बर्ष थपेको थियो।

त्यसैगरी अप्रिल १२ तारिखभन्दा पछाडी भिजा अवधि सकिने इपिएस कामदारहरुको लागि भने त्यस बेलाको को’रो’नाको स्थिति र कामदारको आवश्यकताको अध्यन गरि निर्णय गरिने जानकारी दिइएको छ।कोरियामा भिजा अवधि सकिन लागेकाहरुको भिजा १ बर्ष थप हुने भएपछि नेपालमा इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रस्थान गर्ने पालो कुरेर बसेका तथा नयाँ भाषा परीक्षाको लागि कुरेकाहरु भने दुखी भएका छन।

कोरियामाै भएका कामदारहरुको भिजा अवधि थप हुँदा कोरियाले कामदार लैजाने प्रकृयामा ढिलाइ गर्ला वा नयाँ भाषा परीक्षा ढिलो पो गर्ने हो कि भन्ने उनिहरुको बुझाइ रहेको छ।तर कोरियाले त्यहाँ रहेका भिजा अवधि सकिन लागेका कामदारहरुको भिजा १ बर्ष थप गरेतापनि इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा कुनै ढिलाई नगर्ने बताएको छ। भाषा पास गरी आवश्यक प्रकृया पुरा गरेका कामदारहरुलाई यथासक्य छिटो कोरिया लान दक्षिण कोरिया तयार रहेको बताइएको छ। अहिले कोरियामा कामदार पठाउने १६ वटै देशका इपिएस कामदारहरु कोरिया प्रवेशको पर्खाइमा लामो समयदेखि रहेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय