Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू खुसीयाली मनाउन प्रतिबन्ध

राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ ।

यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसपालि पूर्व नेता किम जाेङ्ग इलकाे १० औँ पुण्यतिथि परेकाेले ११ दिनसम्म शाेक मनाउन लागिएकाे हाे । सामान्यतया प्रत्येक वर्ष १० दिने शाेक अवधि मनाइन्छ ।

१७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहनुभएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय