दक्षिण कोरियामा अपरा’ध अनुसन्धानकर्ता हरुले शुक्रबार एक पूर्व हाईस्कूल शिक्षिकालाई उनको एक विद्यार्थीलाई उनीसँग यौ’न सम्बन्ध राख्न प्रलोभन गरेको आरोपमा पाँच वर्षको जेल सजायको माग गरेका छन।
सियोलको पश्चिम, ईन्छनमा रहेको एक हाई स्कूलकी पूर्व शिक्षिकालाई विद्यार्थीको होमट्युसन शिक्षिका हुँदा २०१९ र २०२० को बीचमा विद्यार्थीसँग धेरै पटक यौ’न दुर्व्य’वहार गरेको आरो’पमा अभियो’ग लगाइएको थियो।
यो वर्षको अप्रिलमा, ईन्छन जिल्ला अदालतले उनलाई साढे एक वर्षको जे’ल सजा’य साथै तीन वर्षको लागि जागिरबाट निलम्बन गरेको थियो।
आरोपित ले अपरा’ध स्वीकार गरेकी थिइन् र उनको अ’पराधको गम्भिरता धेरै भए पनि पहिलेका अ’पराध हरुको कुनै प्रमाण नभएका कारण जिल्ला अदालतले थप स’जाय सुनाउन सकेको थियन।
जिल्ला अदालतको फैसलासंग सन्तुस्ट नभएपछी पिडितहरु उक्त निर्णयविरुद्ध पुनरावेदन अदालत गएका थिए।अदालतको पुनरावेदन महाशाखामा शुक्रबारको सुनुवाइका क्रममा अभियोजकहरुले पीडित यूवकसंग धेरै पटक यौ’न सम्बन्ध राखेको र पिडित यूवक यौ’नप्रति आफ्नो दृष्टिकोण विकास गर्न पर्याप्त परिपक्व नभएको भन्दै अभियोजकहरूले पि’डकलाई पाँच वर्ष कै’दको माग गरेका थिए।
“पि’डितले अपूरणीय मानसि’क पी’डा भोगेको छ र उनका आमाबुवाले कडा सजा’यको माग गरिरहेका छन्,” अभियोजकहरूले कडा सजायको माग गर्दै भने।
सुनुवाइको क्रममा, पूर्व शिक्षिकाले आफ्नो कार्यप्रति गहिरो पश्चाताप भएको बताइन्।