Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सउल दूधको बिज्ञापन प्रशारण पछी कोरियालीले गरे बिरोध ,कम्पनीले माग्यो माफी , हेरौं बिज्ञापन?

दक्षिण कोरियाको सबैभन्दा ठूलो दूध कम्पनी ‘सउल उयु’ फेरि बिबादमा तानिएको छ। केहि दिन अघि कम्पनीले प्रसारण गरेको आफ्नो कम्पनीको विज्ञापनका कारण विवादमा तानिएको हो। कम्पनीले बनाएको बिज्ञापनमा महिलाहरु गाईका रुपमा परिवर्तन भएको देखाएपछि कोरियाभर यसको विरोध भएको हो। अत्याधिक विरोध हुन थालेपछि अन्तत कम्पनीले उक्त बिज्ञापन आफ्नो युट्युब च्यानलबाट हटाएको छ।

गत नोभेम्बर २९ तारिख सउल उयुले आफ्नो अफिसियल युट्युब च्यानलमा एक बिज्ञापन पोष्ट गरेको थियो। “द आइडेन्टिटी द्याट वाज हिडन अन्डर द भेल….सउल अर्गानिक दूध” शिर्षक दिएर उक्त भिडियो पोष्ट गरिएको थियो। भिडियोको तल कम्पनीले भिडियोको रिभ्यू गर्नेहरुलाई गोलाप्रथाबाट पुरष्कार समेत दिने बताएको थियो।

तर भिडियो पोष्ट हुने बितिकै यसको विरोध हुन सुरु भयो। बिज्ञापनको सुरुवातमा एक पुरुष क्यामेरा हातमा लिएर जङ्गलमा डुलिरहेका हुन्छन। जङ्गल डुल्ने क्रममा भिडियोमा ‘हामीले अन्तत उनिहरुलाई क्यामेरामा कैद गर्न सफल हुँदैछौं जो एक अदभूत स्थानमा बस्नेगर्दछन जहाँ प्रकृति यसको सबैभन्दा सफा स्थितिमा रहेको छ।’ भनेर बर्णन गरेको सुनिन्छ।

त्यसपछि सबै लुगा सेतो लगाएका महिलाहरु जङ्गलमा भएका रुखको पातबाट सफा र निर्मल पानी पिइरहेका तथा जङ्गलमा शारिरीक व्यायाम गरिरहेका देखिन्छन। भिडियोमा फेरी बर्णन गरिन्छ “उनिहरु स्वस्छ वातावरणबाट सफा पानी पिउँछन। वातावरण मैत्री खानामा निर्भर छन। एकदमै आनन्दित र शान्त वातावरणमा बस्दछन। म एकदमै होशियार भएर उनिहरुको भिडियो लिन्छु।” यसरि उक्त पुरुष विस्तारै उनिहरुको फोटो खिच्न खोज्दछन

फोटो खिच्ने क्रममा उनको खुट्टाले एउटा रुखको हाँगो टेकिन पुग्छ र उक्त हाँगा भाँचिदा आवाज निस्कन्छ। ति महिलाहरुले आवाज सुन्दछन र उनिहरुले उक्त पुरुषलाई हेर्दछन। तुरुन्तै ति सबै महिलाहरु गाईमा रुपान्तरण हुन पुग्दछन। यो विज्ञापन रिलिज हुने बितिकै यसको विरोध सुरु हुन पुग्दछ। विभिन्न सामाजिक सन्जालमा यस बारेमा बहस सुरु हुन्छ। धेरै महिलाहरुले एक पुरुषले थाहा नपाउने गरि महिलाको फोटो खिचेको तथा महिलाहरुलाई गाईका रुपमा चित्रित गरिएको भन्दै विज्ञापन बनाउने कम्पनीको तिब्र बिरोध गरेका थिए। हेरौं आखिर विज्ञापन कस्तो थियो त?

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय