Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको सिओलको विश्वविद्यालका विद्यार्थीहरुमा पनि भेटियो ओमिक्रोन ! सिओल शहर भरि फैलिएको हुन् सक्ने

सियोल शहर सरकारका अनुसार,सियोल नेशनल युनिभर्सिटी (SNU), हान्कुक युनिभर्सिटी अफ फरेन स्टडीज (HUFS) र क्युङघी युनिभर्सिटीका एक-एक विदेशी विद्यार्थीलाई ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ, ।साउथ कोरियामा पहिलो पटक तिन विदेशी विद्यार्थीहरूमा ओमिक्रोन को पुस्टि भएको जनाएको छ ।

मंगलबार सियोलका विश्वविद्यालयहरूमा पढ्ने तीन विदेशी विद्यार्थीहरू ओमिक्रोनबाट संक्रमित भएको पुष्टि भए सगै स्वास्थ्य अधिकारीहरूले भने, राजधानीमा अत्यधिक रुपमा को’भिड को नया भेरीएन्ट फैलिएको हुन् सक्ने जनाएको छ ।सियोलको पश्चिम, इन्चेनमा रहेको चर्च, जहाँ एक पादरी र उनकी श्रीमतीलाई गत हप्ता दक्षिण कोरियामा ओमिक्रोनको पहिलो घट’नाको रूपमा पुष्टि गरिएको थियो। विद्यार्थीहरूले गत शुक्रबार COV’ID-19 को लागि पि’सिआर परीक्षण गरेका त्यहि परिक्षण मार्फत भेटिएको पुस्टि भएको हो ।

यो पहिलो पटक हो कि सियोलमा ओमिक्रोन केसहरू पुष्टि भएको छ । राष्ट्रव्यापी रुपमा ओमिक्रोन केसहरूको संख्या सोमबार मध्यरातसम्म १२ जना थपिएर ३६ जना पुगेको छ ।विद्यार्थीहरूमा ओमिक्रोंन को संक्रमण सियोलको विश्वविद्यालय देखिएपछी अब रास्त्रब्यापी हुने डर पैदा भएको जनाएको छ ।

सम्बन्धित विश्वविद्यालयहरूले सङ्क्रमित विद्यार्थीहरूसँग सम्बन्धित कन्ट्या’क्ट ट्रेसिङ र माध्यमिक सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै क्वारे’न्टाइनका उपायहरू म्यापिङ गरिरहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय