Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा भिषा सकिन थालेका श्रमिकहरुको १ बर्ष भिषा थपिने,क कस्को थपिन्छ त? हेर्नुहोस।

दक्षिण कोरियामा काम गरिरहेका इपिएस कामदारहरुका लागि खुशीको खबर आएको छ। कोरियामा काम गरिरहेका र भिजा अवधि सकिन लागेकाहरुको भिजा पुन १ बर्ष थप हुने भएको छ। कोरियाको श्रमिक युनियन र त्यहाँको रोजगारदाता संगठनसँगको श्रम मन्त्रालयमा भएको बैठकले आउँदो जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्म मा ३ बर्ष अथवा ४ बर्ष १० महिनाको भिजा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुन १ बर्ष भिजा थपिदिने निर्णय भएको छ।

तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिजा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अ’भावको स’मस्या समा’धान गर्न भन्दै भिजा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिजा अवधि १ बर्ष थपेको थियो। त्यसैगरी अप्रिल १२ तारिखभन्दा पछाडी भिजा अवधि सकिने इपिएस कामदारहरुको लागि भने त्यस बेलाको को’रो’नाको स्थिति र कामदारको आवश्यकताको अध्यन गरि निर्णय गरिने जानकारी दिइएको छ।केहि दिन अघि दक्षिण कोरियाका केहि समाचार अनलाईन मेडियाहरुले कामदारहरुो भिजा अवधि थप हुने बारेमा समाचार लेखेसँगै यहाँ रहेका इपिएस कामदारहरु खुशी भएका थिए।

Trip

उनिहरुले थप १ बर्ष कोरियामा काम गर्न पाउने भन्दै खुशी मनाएका थिए। कोरियामा आउँदो जनवरी १२ तारिख भिजा अबधि सकिन लागेका बागलुङका अमर गुरुङले कोरियाली सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले आफूलाई एकदमै खुशी बनाएको कुरा इपिएस साथीलाई बताए।कोरियामा भिजा अवधि सकिन लागेकाहरुको भिजा १ बर्ष थप हुने भएपछि नेपालमा इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रस्थान गर्ने पालो कुरेर बसेका तथा नयाँ भाषा परीक्षाको लागि कुरेकाहरु भने दुखी भएका छन। कोरियामाै भएका कामदारहरुको भिजा अवधि थप हुँदा कोरियाले कामदार लैजाने प्रकृयामा ढिलाइ गर्ला वा नयाँ भाषा परीक्षा ढिलो पो गर्ने हो कि भन्ने उनिहरुको बुझाइ रहेको छ।तर कोरियाले त्यहाँ रहेका भिजा अवधि सकिन लागेका कामदारहरुको भिजा १ बर्ष थप गरेतापनि इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा कुनै ढिलाई नगर्ने बताएको छ।

भाषा पास गरी आवश्यक प्रकृया पुरा गरेका कामदारहरुलाई यथासक्य छिटो कोरिया लान दक्षिण कोरिया तयार रहेको बताइएको छ। अहिले कोरियामा कामदार पठाउने १६ वटै देशका इपिएस कामदारहरु कोरिया प्रवेशको पर्खाइमा लामो समयदेखि रहेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय