Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

ओमिक्रोन भाईरसको हल्ला बन्यो कोरियामा क्वारेन्टाइन खोज्दिने नाममा ठगी धन्दा 

 

 सौल दक्षिण कोरिया
 दक्षिण कोरियाले दुईडोज खोप लगाएर बिदामा स्वदेश गएर फर्केकाले क्वारेन्टाइन बस्नु पर्ने ब्यबस्थालाई गत महिनाबाट  खारेज गरेको थियो । तरा कोरोना भाईरसको अर्को नयाँ भेरिएन्ट कोरियामा भेटिए लगत्तै कोरिया प्रवेश गर्ने जो कोहिले पनि अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन बस्नुपर्ने ब्यबस्था गरेको छ ।
 भने बिगतमा जस्तै कतै जहाजहरु बन्द भएर कतै कोरिया जानै नपाईने हो कि भन्ने तनाव स्वदेश फर्किएकालाई भएको बेला क्वारेन्टाइन बस्नुपर्ने समस्या अर्को पट्टि तेर्सिएको छ । कोरियामा काम गर्ने प्राय नेपालीहरु कम्पनी संगै रहेको कोठामा साथीहरू संगै बस्ने भएकोले क्वारेन्टाइन को लागि उपयुक्त नहुने हुंदा बाहिरै कोठा खोजेर १० दिन बस्नुपर्ने भएको छ ।
 यहि बाध्यात्मक परिस्थितिको मौका छोपेर कोरियामा क्वारेन्टाइनको ब्यबस्था गरिदिनेले  १० दिनको ८ देखि १५ लाख वन कोठाको भाडा मात्रै लिने गरेका छन भने त्यसमा खाना खर्च  लिने गरेको कोरियामा प्रवेश गरेका नेपालीहरुले गुनासो गरेका छन ।
 ओमिक्रोनको त्रासले प्रायले छुट्टी छोट्याएर फर्किदा क्वारेन्टाइनको कोठा नपाईने बहाना बनाएर थप शुल्क लिने गरेको  गुनासो गरेका छन । यो संकटको घडिमा दैनिक गुजाराकै लागि प्रवास पसेका नेपाली दाजुभाईलाई  सेवा र सहयोग गर्नुपर्नेमा एक नेपालीले अर्को नेपालीलाई ढाड नै सेक्ने गरि यसरी ठग्ने कुनै पनि ब्यापारी व्यावसायिको आत्माले कसरी मानिरहेको छ ?
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय