Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट फर्केर डटपेन उधोग खोलेका यूवा भन्छन ,कोरिया मा जसरी परिश्रम गरे नेपालमै लाखौँलाख कमाउन सकिन्छ !

वैदेशिक रोजगारका लागि विभिन्न देश पुगेर स्वदेश फर्केका नेपाली युवाहरु अहिले आफ्नै देशमा स्वरोजगार हुनुका साथै अन्य थुप्रैलाई रोजगार समेत दिने स्थितिमा पुगेका छन। यस्तै शिलसिलामा कोरिया पुगेर त्यहाँ रोजगार गरि नेपाल फर्केका थुप्रै युवाहरु नेपालमा सफल व्यवसायीका रुपमा चिनिन थालेका छन।बैदेसिक रोजगारिको सिलसिलामा करिब पाँच बर्ष कोरियामा बसेर फर्कनुभएका सितापुर टीकापुर कैलालीका शिवराज जोशीले आफ्नै घरम डटपेन उत्पादन सुरु गर्नुभएको छ।

उहाँले कोरियामा हुदां सिकेको सीपलाई नेपालमा आएर प्रयोग गरेको बताउनुभयो। खाली समय बसेर दिन कटाउनुभन्दा सिमेको सीपलाई उचित प्रयोग गर्न उपयुक्त ठानुभयो र काम अगाडि बढाउनुभयो।टीकापुर लगायत आसपासका क्षेत्रमा डटपेनको अधिक माग रहेको कुरा महसुस भएर डटपेन उत्पादनमा लागेको बताउनुभयो। हाल डटपेन उत्पादनमा लाग्ने मेसिनसँगै कच्चा पदार्थ र मसि लगायतका साममन भारतबाट ल्याएर उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो।

डटपेन उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ र मेशिनहरु नेपालमा उपलब्ध नहुने भएकाले भारतबाट आयात गर्नुपरेको उनि बताउँछन।जोशीले ने रु दुई लाखबाट डटपेन उत्पादन कार्य सुरु गरेको बताउनुभयो। पहिलो चरणमा दस हजार बढी डटपेन उत्पादन गरि परीक्षण तथा बिक्रीको लागि बजारमा पठाइसकेको जानकारी दिनुभयो।

उत्पादित पेन उच्च क्वालिटिको तथा स्तरीय मसि प्रयोग गरिएको र प्रयोगकर्ता सन्तुष्ट्र हुने कुराम आशावादि हुनुहुन्छ जोशी। स्वदेशी उत्पादन प्रयोग गर्दा राज्य र उपभोक्तलाई फाईदा हुनेमा जोशी ढुक्क हुनुभएको छ।यसरी विदेशमा सिकेको सीप आफ्नै देशमा फर्केर व्यवसायमा लाग्ने हो भने पक्कै पनि सफल हुन सकिन्छ भन्ने उदाहरण थुप्रै छन। कोरियामा विभिन्न समयमा रोजगार गरी नेपाल फर्केकाहरुले पनि विभिन्न क्षेत्रमा सफलता हाँसिल गरिरहेका छन। कोहि कृषि तथा फलफूल खेतिमा त कोहि होटल ब्यवसायमा सफल छन। कोहि ब्यापार व्यवसायमा लागेका छन भने कोहि होटल तथा पर्यटन क्षेत्रमा अब्बल सावित भइसकेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय