Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन सरकारले कोरोना सम्बन्धि गरेको ताजा निर्णय यस्ता छन

– कोरियाले अब खोप सर्टिफिकेटलाई ६ महिनाको मात्र मान्यता दिने। दोश्रो डोज खोप लगाएको ६ महिनापछि सर्टिफिकेट एक्सपायर हुने। यसो गर्नुको कारण मानिसहरुलाई तेश्रो अर्थात बुष्टर खोप लगाउन प्रेरित गर्नु बताइएको छ।

 

– गत नोभेम्बर १ तारिखबाट सुरु गरिएको ‘लिभिङ विथ कोरोना’ कार्यक्रमको पहिलो स्टेजबाट दोश्रो स्टेजमा तत्काल नजाने। अहिलेकै पहिलो स्टेजलाई थप ४ हप्ता सम्म थप गर्दै अघि बढ्ने

 

– देशभरका सबै भूभागलाई कोरोना संक्रमणको ‘उच्च जोखिम’ को तहमा राख्ने यसअघि राजधानी सउललाई मात्र यो तहमा राखिएको थियो। कोरोनाको जोखिम मापन गर्ने ५ तहमध्ये यो तह सबैभन्दा उच्च हो।

 

-६० बर्ष वा सोभन्दा बढि उमेर भएका र कोरोनाको उच्च जोखिम भएकाहरुलाई तेश्रो डोज खोप पहिलो र दोश्रो डोज लगाएको ४ महिनापछि लगाईने, ५० बर्षमाथिकालाई ५ महिनापछि तथा १८ देखि ४९ बर्षका लाई पनि ५ महिनापछि तेश्रो बुस्टर खोप लगाउने।

 

– कोरोनाबाट संक्रमितहरुको सकेसम्म घरमै उपचारको व्यवस्था मिलाउने। एकदमै गाह्रो परेका र अस्पतालै आवश्यक पर्नेहरुलाई मात्रै अस्पतालमा लगि उपचार गराउने। अस्पतालहरुमा बेडहरुको संख्या थप गर्ने।

 

– ब्यक्तिगत भेटघाट तथा रेष्टुरेन्टहरुमा हुने जमघटमा फेरि पनि संख्या तोकिन सक्ने। १८ बर्षभन्दा कम उमेरकाहरुलाई यस्तो भेटघाटमा सामेल नहुन प्रेरित गर्ने। तर यस सम्बन्धि निर्णय लिनु अघि पब्लिकहरुको राय सुझाब लिइने। इपिएस न्युज पोर्टलबाट

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय