Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कमिटेड कामदारको नोभेम्बर २४ मा दोस्रो फ्लाइट हुन सक्ने , CCVI फर्म भरेका ११९ जना कमिटेड साथीहरु मध्येबाट नै उड्न सक्ने । ।

 

✅ अहिलेसम्मको जानकारी अनुसार र हामीले बुझे अनुसार (कुनै कारणले परिबर्तन नभए ) नोभेम्बर २४ मा दोस्रो फ्लाइट हुनेछ र त्यो फ्लाईटमा CCVI फर्म भरेका ११९ जना कमिटेड साथीहरु मध्येबाट नै जानुहुनेछ । कति जना जाने भन्ने अहिले निश्चित भएको छैन ।

✅ हाललाई कोरियाले गरेको ट्राइल उडान मात्रै हो । नेपालदेखि भएको पहिलो ट्राइल उडान कोरोना नियन्त्रणको हिसाबले सफल भएको छ । अब एक दुई थप उडान पनि ट्राइलकै रुपमा हुनेछ । त्यसमा पनि हामीले अझ थप इमान्दार र अनुशासित भएर शून्य कोरोना देखाउनुपर्ने छ ।

✅ कोरियामा रोकिएका कामदार भित्राउनको लागि रोजगारदाताबाट चरम दबाब छ । कोरियामा अहिले श्रमशक्ति अभाब छ । पछिल्लो दिनमा कामदार भित्राउने विषयमा बहस पनी चलिरहेको छ । हामीले बुझे अनुसार सम्भबत नोभेम्बर महिनामा बिदेशी कामदार भित्राउने विषयमा दक्षिण कोरिया सरकारबाट मुर्तिकृत निर्णय हुनेछ र डिसेम्बर अन्तिम वा जनबरीको सुरुबाट नियमित उडानहरु हुनेछन ।

✅ अर्को महत्वपूर्ण बुझ्नुपर्ने कुरा हामी रोकिएको मुख्य कारण दक्षिण कोरियाको कोरोना केन्द्रीत कडा स्वास्थ्य प्रोटाेकल सहितको श्रम नीति नै हो । अहिले कोरियाले कोरोना सम्बन्धि कडाखाले नीतिहरु हटाँउदै सामान्य जिबनमा फर्कने तयारी गरिरहेको छ । जसलाइ भ्याक्सिन पास र लिभिङ विथ कोभिड १९ भनेर तय गरिएको छ । कोरोना मापदण्डले नै रोकिएका कामदारहरुलाई त्यही नीति नै बदर हुने भएपछी त्यसले स्वत: कोरिया आवगमनलाई सहयोग पुर्याउछ भन्ने बुझ्नुपर्छ । कोरिया अहिले कामदार भित्राउन सहज बनाउने तर्फ छ । पछिल्लो जानकारी अनुसार दक्षिण कोरियाले उच्च कोरोना जोखिम (Red Zone ) मा राखेका ६ देशलाई Red Zone बाट हटाएको छ ।

त्यही भएर अहिलेको अबस्थामा हामी अनाबश्यक भ्रमित नभएर सुरक्षित रुपमा बस्नु नै उपयुक्त बिकल्प हो । eps news nepal बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय