Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपालमा श्रीमती कोरियामा लिभिङ्ग टुगेदर , प्रहरीमा उजुरी नेपाल डिपोट

 सौल दक्षिण कोरिया
   दक्षिण कोरिया अहिले नेपालीहरुको रोजगारीको रोजाईको देश बनेको छ । आकर्षक ज्याला भएका कारण वैदेशिक रोजगारको गन्तव्यमा रोजाईको देश रहेको दक्षिण कोरियामा करिब ४३ हजार नेपालीहरु रहेका छन । विभिन्न  पेशा, ब्यबसाय, विद्यार्थी, प्राध्यापक लगायत कोरियन नागरिक संग बिबाह गरेर आउनेहरु पनि रहेका छन ।
     कोरियामा नेपालीहरुको संख्या बढ्दै गएपछी विभिन्न समस्याहरु पनि बढ्दै गएका छन । नेपाली समाजमा सामाजिक मर्यादाको पर्खालभित्र रहेका कतिपय नेपालीहरु कोरिया प्रवेश गरेपछी स्वतन्त्र भएको महसुस गर्ने गरेका छन । स्वतन्त्रताको सदुपयोग गर्दै प्रेम लिभिङ्ग टुगेदर हुँदै कोरियामै बिबाह गर्ने र फर्कने जोडिहरु पनि प्रसस्तै छन भने स्वतन्त्रताको  दुरुपयोग गर्दै अनैतिक अपरिपक्क सम्बन्धहरु गाँस्ने र अनेक समस्या झेल्नेहरुको लर्को कोरियामा लामै रहेको छ ।
नेपालमा श्रीमती कोरियामा लिभिङ्ग टुगेदर , प्रहरीमा उजुरी नेपाल डिपोट
हामीलाई एउटा यस्तो घटना जानकारीमा आयो यस्तो पनि हुन्छ र भनेर सोच्न बाध्य बनायो । धन कमाउनकै लागि कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपालीहरु कोरिया बस्न पाउने अधिकतम समय ९ बर्ष ८ महिना हो । यसबिचमा कतिपयले भिषा परिवर्तन गरेर त कतिपयले कोरियन सङ बिबाह गरेर , कतिपयहरु नेपालको जातिय विभेद लाई आधार बनाएर शरणार्थी त कोहि कोहि त अबैधानिक रुपमा पनि कोरिया बसाईलाई लम्बाउदै आईरहेका छन । त्यस्तैमा कोरिया प्रवेश गरेकी पश्चिम घर भएकी निर्मला (नाम परिवर्तन ) युवतिले  भिषा लम्बाउनकै लागि एक कोरियन नागरिक संग बिहे गर्न पुगिन ।  घरजम गर्ने उद्देश्यले भन्दा पनि भिषा प्राप्तिको उद्देश्य राखेर पछि डिभोर्स गर्दै नेपालीसंग बिहे गरेर घरजमाउने सोचले पुर्व घर भएका मदन (नाम परिवर्तन) एक जना नेपाली केटासंग प्रेममा परेर लामो समय सम्बन्धमा रहेपछी उनलाई उक्त केटाको घरमा श्रीमती र छोरी पनि रहेको थाहा पाएपछि टाढिन खोज्छिन ।  जब निर्मला टाढा बन्न खोजेपछी ,मदनले फेसबुक टिकटकजस्ता सामाजिक सन्जाल मा निर्मलाको फेक आईडी बनाएर उनका नेपालमा भएका आफन्तलाई जोड्दै अनावश्यक तनाव  दिने खालका सामाग्री पोस्टगर्न थाले । निर्मलालाई अति नै तनाव भएपछी उनी कोरियाको प्रहरीमा उजुरी हाल्न पुगिन । मुद्दा अदालतसम्म पुग्यो मदनले गल्ती गरेको स्विकार्दै अब आईन्दा यस्तो कहिल्यै नगर्ने र गरेको खण्डमा दोब्बर सजाय भोग्ने सहमती सहित जरिवाना गरेर उनको मुद्दा छिनोफानो भएको छ । उनलाई कोरियाको अध्यागमन बिभागले नेपाल डिपोर्ट गर्ने निर्णय पनि गरिसकेको छ ।  तर अहिले उनी अबैधानिक रुपमा बसेका छन ।  उनले पुनः त्यही क्रियाकलाप  दोहोर्यायमा कोरियाको कानुन अनुसार उनलाई  दुईगुणा जरिवाना र दुईगुणा बढी जेल सजाय हुन्छ । अबैधानिक भएको ले फेसबुक र टिकटकमा पुनः फेक आईडिहरु बनाएको र सामाग्रीहरु पोस्ट गर्न थालेमा उनी पक्राउ पर्न समय लाग्दैन ।  मदन (नाम परिवर्तन ) उहाँकै भविस्यको लागि पनि उहाँले परदेशमा आएर यस्ता क्रियाकलाप बन्द गर्नुपर्ने हुन्छ । हामीले  मदन (नाम परिवर्तन) लाई यस  बिषयमा पटकपटक  सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएको छैन ।
 सम्बन्ध ,लिभिङ्ग टुगेदर  पछि ब्ल्याकमेलिङ्ग
 लामो समय सम्बन्ध पछि लिभिङ्ग टुगेदर हुँदै ब्रेकअफ अनि ब्ल्याकमेलिङ्ग सम्म पुग्यो एक जोडि । कोरिया कामदारको रुपमा कोरिया प्रवेश गरेका युवायुवती हरु माझ यस्ता घटना प्राय: घटिनै रहेका छन । यसको मारमा बिशेष गरि युवतिहरु पीडित बन्ने गरेका छन कतिपयले आफ्नो तनावलाई बाहिर ल्याउछ्न भने लतिपयले गुम्साएर राख्ने गरेका छन । यस्तैमा एक युवतीले यो घटना बाहिर ल्याईन तर गोप्य तरिकाले समाधान भएको छ ।
   कोरियामा लामो सम्बन्ध पश्चात् एक आर्काको सबै कुराहरु खुल्ला हुने गोप्यता भङ्ग हुने गरेका छन । कोरियामा सामाजिक रुपमा अल्कोहल खाने चलन रहेको छ । नेपालबाट कोरिया प्रवेश गरेपछी अल्कोहल प्रयोग गर्नेको संख्या पनि अत्याधिक रहेको छ । युवतिले अत्याधिक अल्कोहल प्रयोग गरि एक्लै बसेको बेलामा आवेगमा आयर आफुले बिश्वास गरेको युवकसंग भिडियो कलमा नाँगिएपछि उक्त युवकले भिडियो रेकर्ड गरि ब्ल्याकमेल गर्न शुरु गरेका थिए । ब्ल्याकमेलमा युवकले युवतिसंग २ करोड वन नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएका थिय । कोरियामा रहेका संस्थाका ब्यक्तिहरुको सहयोगमा युवक र युवतिलाई भेट गराई युवकले गल्ती गरेको स्विकार्दै अब नगर्ने सर्तमा मिलाईएको थियो ।
  यी माथिका घटनाहरु पुर्णतः सत्य हुन ब्यक्तिगत गोपनियतालाई मध्यनजर गर्दै नामहरु गोप्य राखिएको छ ।  यी माथिका घटनाका प्रमाण हरु हामीसंग सुरक्षीत रहेका छन । कोरियामा आएर कसैको सम्बन्धको कारण अदालत सम्म पुग्नु र जेल जीवन बिताउनु राम्रो होइन सकेसम्म सबैले आफ्नो बानिमा सुधार ल्याउनुहोस । युवा अवस्थाको आवेगले भविष्य पुरै नष्ट नगर्नुहोस । सम्बन्धलाई टुंगोमा पुर्याउन सकिँदन  भने सहमतिमा अन्त्य गर्नु नै सबैको भलो हुनेछ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय