Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा श्रमिकको लागी नयाँ नियम कम्पनि परिबर्तन गरेतापनि पुनः आउन पाउने

दक्षिण कोरियामा श्रमिकको लागी नयाँ नियम कम्पनि परिबर्तन गरेतापनि पुनः आउन पाउनेदक्षिण कोरिया सरकारले बिदेशी श्रमिकको लागी नयाँ नियम ल्याएको छ ।

यहि अक्टोबर १४ तारिक बाट लागु हुने उक्त नियमानुसार कार्यस्थल परिबर्तन गरेका श्रमिकले यदि कम्पनि मालिकले चाहेको खण्डमा प्रतिबद्व कामदार ( कमिटेड वर्कर ) को रुपमा पुनः कोरिया आउन पाउने भएका छन् । यस भन्दा पहिला आफ्नो ४ बर्ष १० महिनाको कार्यकाल एउटै कम्पनीमा बिताएका कामदार मात्र पुनः कोरिया आउन पाउने नियम थियो ।सरकारले केहि महिना पहिला कार्यस्थल परिबर्तन गरेतापनि उस्तै खालको काम गरेमा मात्र प्रतिबद्व कामदारको रुपमा आउन पाउने नियम ल्याएको भएतापनि यसबाट श्रमिकहरु खासै लाभान्वित हुन सकेका थिएन । श्रम मन्त्रालयको पछिल्लो नियममा केहि शर्तहरु भने तोकिएको छ ।

जस्तै पहिला जति बटा कार्यस्थल परिबर्तन गरेतापनि प्रतिबद्ध कामदारको रुपमा आउन कम्तिमा पनि अन्तिमको १ बर्ष एउटै काम्पनिमा काम गरेको हुनु पर्ने छ । यदि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम नगरेको भएता पनि पहिलाको कम्पनिको कारणले कार्यस्थल परिबर्तन गरेको खण्डमा भने पुनः आउन मिल्ने नियममा उल्लेख छ ।

उक्त नियम उत्पादनमुलक , कृषि तथा मत्स्यपालन लगाएत सम्पूर्ण क्षेत्रमा लागु हुने पछिल्लो श्रम नियमलाई उदृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले बताए । स्वतन्त्र रुपमा कम्पनि परिबर्तन गर्न पाउनु पर्ने तथा कम्पनि परिबर्तन गरेतापनि कमिटेड कामदारको रुपमा पुनः कोरिया आउन पाउनु पर्ने माग राख्दै कोरियाका श्रमिक युनियनहरु , एमटियु , केसिटियुले निरन्तर रुपमा सरकारलाई दवाव दिदै आएका छन् । सरकारले ल्याएको पछिल्लो नियमले दक्षिण कोरियामा कार्यरत लाखौ इपिएस श्रमिकहरु लाभान्वित हुने देखिउन्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय