Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा रक्सिले मातेका नेपालीले बिनाकारण अपरिचित नेपालीमाथी अन्धाधुन्ध मुक्का प्रहार गरि फरार उजुरी प्रहरी चौकिसम्म

सौल, दक्षिण कोरिया

अहिले दक्षिण कोरियामा कोरियाली महान पर्व छुसक चलिरहेको छ। यस अवसरमा कोरियामा छरिएका नेपालीहरु  भेटघाट, घुमघाममा  व्यस्त छन् तर आज जोसमा होस  गुमाउँदा एक नेपालीले अर्का नेपालीलाई मदिराको मातमा  रगताम्य हुने गरी पिटेको घटना सार्वजनिक भएको छ।

Trip


दक्षिण कोरियाको सुवनमा मदिरा सेवन गरी एक नेपालीले अर्का अपरिचित नेपाली माथि हातपात गरेको छ। सुवन स्थित एक रेस्टुरेन्टमा मदिरा सेवन गरी बाहिर अपरिचित व्यक्ति माथि मुक्का हानि रगताम्य पारेर भागेकाे छ। सिसीटिभी बाट उक्त हातपात गर्ने व्यक्तिको पहिचान खुलीसकेको र पीडित व्यक्तिले कोरियन प्रहरीलाई उजुरी दिइसकेको बताइएको छ। कोरियाको कानुन अनुसार हातपात गर्नु, रगत आउने गरी पिट्नु ठूलो अपराध मानिन्छ ।झगडाको प्रकिती अनुसार दोषीलाई कडा भन्दा कडा सजाय ,जरिवाना तथा स्वदेश फिर्ता हुन सम्म सक्ने सम्भावना हुन्छ। 
नेपाली नेपाली बीच भएको उक्त घटनाले विकशित मोड नलिगोस् र मिलोमतो बाटनै समस्याको सामाधान गर्न सकिने हुँदा दोषी व्यक्ति यथाशिघ्र सुवन नेपाली समाजमा आउन आग्रह गरिएको छ। अन्यथा यो घटनाले उग्ररुप लिँदा दोषी व्यक्ति कोरियाको जेलमा पर्न सक्ने एक स्रोतले हामीलाई बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय