Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा बस्ने विदेशीलाई लक्षित गरी दक्षिण कोरिया सरकारले यस्तो सुचना जारी गर्यो(पुरा हेर्नुहोस)

दक्षिण कोरियाको सरकारले बुधवार यहाँ लामो समयका लागि वसोवास गरिरहेका सबै विदेशी नागरिकहरुलाई कोरोना खोप लगाउन आग्रह गरेको छ। सरकारले सबै विदेशीहरुलाई यथासक्य छिटो खोप लगाउन भनेको छ। सबै विदेशी नागरिकलाई खोपका सम्बन्धमा कोरियन नागरिक सरह व्यवहार गरिनेछ सरकारले भनेको छ।

अहिले दक्षिण कोरियामा विशेष गरी विदेशी कामदारहरुमा कोरोना संक्रमण धेरै देखिन थालेपछि कोरियाको न्याय मन्त्रालय अन्तरगतको कोरिया अध्यागमन विभाग तथा स्थानिय सरकारहरुले विदेशीहरुलाई यथासक्य छिटो खोप लगाईदिन आग्रह गरेका हुन। यि संस्थाले भनेका छन कोरियामा लामो अवधिका लागि वसोवास गरिरहेका सम्पूर्ण विदेशी नागरिकहरु कोरोना खोप लगाउन योग्य छन। उनिहरुलाई भिजाको प्रकारका आधारमा कुनै पनि भेदभा’व गरिने छैन। सबै विदेशी नागरिकहरु खो’पका मा’मिलामा कोरियन नागरिक सरह व्यवहार गरिनेछ।

कोरियामा वैधानिक रुपमा वसोवास गरिरहेका विदेशीहरु जो राष्ट्रिय स्वास्थ बीमामा आवध्द छन उनिहरुले अनलाईनबाट खोप लिने दिन रिजर्भ गर्न सक्नेछन। उनिहरुले अनलाईनबाटै कुन दिन कति बजे कुन खोप सेन्टरबाट खोप लिने भन्ने कुरा कोरियन नागरिकजस्तै (https://ncvr.kdca.go.kr/) वेवसाईटबाट गर्न सक्नेछन। त्यसैगरी कोरियामा अवैधानिक रुपमा वसोवास गरिरहेका जो सँग विदेशी परि’चय पत्र छैन उनिहरुले समेत नजिकैको खोप केन्द्रमा गई निशुल्क खोप लगाउन पाउनेछन। तर उनिहरुले खोप लगाउन जाँदा भने पासपोर्ट अनिवार्य लिएर जानुपर्नेछ।

दक्षिण कोरियाले यस अघि नै अवैधानिक रुपमा वसोवास गरिरहेका विदेशीहरुलाई उनिहरुलाई असहज नहुने गरी मोबाईल नम्मर मात्र लिएर खोप दिइसकेको छ। सरकारले यस अघि नै भनिसकेको छ कि अवैधानिक रुपमा वसोवास गरिरहेका सम्पूर्ण विदेशीहरुलाई कोरोना परीक्षण र खोप लगाउने कुरामा उनिहरुलाई कुनै पनि किसिमको अप्ठ्यारो पारिने छैन।

अघिल्लो हप्तामात्र फाजुमा रहेको एक कम्पनीमा ११ जना विदेशी नागरिकमा कोरोना देखिएको थियो। त्यसैगरी दोङहेमा पनि २१ जनाभन्दा बढि विदेशीमा कोरोना भेटिएको थियो। कोरियाको दक्षिण पूर्वि शहर फोहाङमा विदेशीहरुमा सामूहिक संक्रम’ण भेटिएको थियो। ख्यङ्गिदो प्रदेशको आनसान र सिहुङ तथा खाङवनदो प्रदेशको खाङनुम अनि छल्लानाम्दोको मोक्फो शहरमा समेत धेरै विदेशीमा संक्रमण देखिइसकेको छ eps sathi

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय