Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनु भएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् ।बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् ।

कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।रासस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय