Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा बिदेशीको लागी कोरोना भ्याक्सिन लगाउन आवेदन सम्बन्धि सुचना !!! भिषा नहुनेले पनि लगाउन पाउने।

सौल दक्षिण कोरिया मिन बि क
दक्षिण कोरियाले उमेर तथा कामको प्रकृतिलाइ आधार मान्दै कोभिड १९ बिरुद्दको भ्याक्सिन लगाईरहेको छ। जुलाई २८ सम्ममा ५० वर्ष भन्दा माथिकाले खोप लगाउनको लागी आवेदन दिन पाउने गरि पहिला सुचना प्रकासित भएको थियो।
कोरियामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई समान रुपमा खोप लगाउने गरि अगष्ट महिनाको मध्यतिरबाट आवेदन संकलन गर्ने भएको छ।

कोरोना शहरी क्षेत्रमा मात्रै नभएर देशव्यापी रुपमा पुन : फैलिरहेको छ। नयाँ केसहरुको संख्या हरेक दिन उच्च संख्यामा रहेको छ। यसले चौथो महामारी आउन सक्ने संकेत गरेको छ। यस सन्दर्भमा , तल दीएको खोप प्रक्रिया अनुसार कोरियामा बस्ने बिदेशीहरुले सक्रिय रुपमा खोप लगाउन भाग लिदै कोबिड १९ को फैलावट रोक्न र सामुहिक प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन अनुरोध गरेको छ .

*कोरोनाको खोप आवेदन र प्रक्रिया

*आवेदन दिनको लागि कोरियामा रहेर स्वास्थ्य बिमा गरेका हरुको लागी :

२०२१-७ -२८ सम्ममा ५० वर्ष माथिकाको लागी आवेदन लिएकोमा अगष्ट मध्यतिरबाट ५० बर्ष भन्दा कम उमेर समुहको लागी आवेदन खुल्नेछ
कोरोना खोप लगाउने स्थान : आफुलाई पायक पर्ने नजिकैको स्वास्थ्य उपचार केन्द्र अस्पतालहरु रहनेछन।
आवेदन : अनलाइन तथा फोनबाट पनि आवेदन दिन सक्नुहुनेछ।

अनलाईन आवेदन दिनको लागी शुरुमा तपाईहरुले https://ncvr.kdca.go.kr/ मा जानुपर्नेछ। र तल दीइएको तरिकाले आवेदन दिन सक्नुहुनेछ।

-(온 라안 예약)  https://ncvr.kdca.go.kr/ 접속 예방 접종 예약하기 → 본인 (대리) 예약 → 개인 정보 입력 주민등록번호 란게 외국인 등록 번호 입력 → 본인 인증 → 의료기관 및 여약 일시 선택 → 예약

*फोनबाट आवेदन दिनको लागी आफ्नो क्षेत्रले उपलब्ध गराएको कोभिड १९ सम्बन्धी फोन नम्बर प्रयोग गर्न सक्नुहुनेछ।

*भिषा नहुने हरुको लागी आफ्नो पासपोर्ट लिएर नजिकैको स्वास्थ्य केन्द्रमा गइ खोप लगाउन आवेदन दिन सक्नुहुनेछ।
*भिषा भएका बिदेशीहरुले जसले खोप लगाउनको लागी पहिल्यै दर्ता गरिसक्नुभएको र त्यो अवधिमा मोबाईल नम्बर परिवर्तन गर्नुभयो भने परिवर्तन गरेको नुम्बर पुन दर्ता गर्नुपर्नेछ।
*पहिले खोप लगाउने उमेर समुहको हो तर खोप लगाउन आवेदन दिन मिलेको छैन भने नजिकैको स्वास्थ्य केन्द्रमा गैर दर्ता गर्न सक्नुहुनेछ।
* थप जानकारीको लागी रोग रोकथाम तथा नियन्त्रण विभागको वेबसाईट 코로나19 예방접종 사전예약 시스템 (kdca.go.kr)मा हेर्नुहोला

स्मरण रहोस ५० वर्ष भन्दा मुनिको लागी अगष्टको मध्यतिरबाट आवेदन दिन सकिनेछ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय