Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा कोभिड भ्याक्सिनबाट मृ’त्यु हुनेको सङ्ख्या २ पुग्यो !

सिओल

दक्षिण कोरियामा गत जुन महिनामा कोरोना भ्याक्सिन लगाएका २० बर्षिय व्याक्तिको मृ’त्यु भएको कोरियाली स्वास्थ्य अधिकारीहरुले पुस्टी गरेका छन।

गत जुन महिनामा फाईजर नामक कोरोना भ्याक्सिन लगाएका व्याक्तिको निध’न भएसंगै भ्याक्सीन को साईड ईफेक्टबाट मृ’त्यु हुनेको सङ्ख्या कोरियामा २ पुगेको हो।

कोरोना भ्याक्सिन लगाएको ६ दिन पछाडी हृदयघातका कारण अस्पतालमा उनको मृत्यु भएको कोरिया रोग नियन्त्रण तथा रोकथाम कार्यालय केसिडिसी ले जनाएको छ।मृत शवको पोस्टमार्टम गर्दा उनी मुटुको माँशपेशी सम्बन्धी माईक्रोकार्डिटिस रोगबाट ग्रसित भएको स्थानिय अधिकारीले जनाएका छन।यससंगै कोरोना भ्याक्सिन लगाएपछीको मृत्यु हुनेको संङ्ख्या कोरियामा २ पुगेको हो।

स्थानिय स्वास्थ्य अधिकारीका अनुसार भ्याक्सिन लगाएपछी एकदमै कम व्याक्तिहरुमा मुटुमा समस्या देखिने साईड ईफेक्ट हुनसक्ने सम्भावना रहेको बताएका छन।दक्षिण कोरियाले हालसम्म अनुमती दिएका ४ खोप एस्ट्राजेनिका,फाईजर,मोर्डना र जोनसन मध्य फाईजर र मोर्डना MRNA प्रविधियुक्त हुन।

दक्षिण कोरियाले पहिलो खोप सम्बन्धित मृत्यु गत जुन २१ मा दर्ज गरेको थियो।३० बर्षिय मृतक ले एस्ट्राजेनिका कोभिड भ्याक्सिन प्राप्त गरेपछी रगत जम्ने विरलै घटना बाट शिकार भई ज्यान गुमाएका थिय।दक्षिण कोरियाले ५५१ गम्भिर विरामीहरुलाई अनुसन्धान गरिरहेको छ।जसमध्ये ५ जना कोभिड भ्याक्सिन लगाएका गम्भिर बिरामीहरु हुन।

दक्षिण कोरियाले जनसङ्ख्याको १३.४ प्रतिशतलाई कोभिडको पुर्ण खोप लगाईसकेको छ भने ३३ प्रतिशत जनसङ्याले कोभिडको पहिलो डोज लिईसकेका छन।कोरियामा आज १३१८ जना नयाँ सङ्क्रमित थपियसंगै कुल सङ्क्रमितको सङ्ख्या १,९०,१६६ पुगेको छ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय