Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

एनआरएन दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईको उम्मेद्वारी

गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल मार्फत आगामी जुलाई २४ र २५ तारिकमा हुने एन आर एन राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सचिव पदमा उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा रहेको जनाएका हुन्। उनलाई धेरै बलियो उम्मेदवारको रूपमा हेरिनुको साथै भारी मतले बिजयी हुने आङ्कलन समेत गरिएको छ।

Trip

भट्टराईले नेपालमा रहदा पनि विभिन्न सामाजिक संघ संस्था तथा मानव अधिकारवादी संस्थामा रही स्वयंसेबको भुमिका निर्वाह गरिसकेको वताएका छन्। सन् २०१२ मा कोरिया प्रवेस गरि संघर्ष गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएका भट्टराईले अध्ययन पश्चात् हाल जनबुक बैक सुवनको नेपाली डेस्क प्रमुखको रुपमा रही काम गरिरहेका छन। यसै सिलसिलामा कोरियामा रहदा पर्ने व्यवहारिक समस्यामा पर्दै आईरहेका नेपालीहरूलाई बैकिङ सेवा, भाषा अनुवाद, तथा आर्थिक सहयोग गर्दै आएका भट्टराईले आफ्नो व्यक्तिगत अनुभव र क्षमतालाई संस्थागत रुपमा प्रयोग गर्ने उपयुक्त थलोको रुपमा एन. आर. एन. ए ठानी राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा उमेदवारी दिएको बताए।

मिजासिलो स्वभावका भट्टराईले कोरियामा रहेका आम नेपाली समुदाय लाई भोट दिन विनम्र अनुरोध गर्दै “थोरै बोलौ धेरै गरौ, सबैले मान्ने NRNA बनाऔँ ” भन्ने मुल नाराका साथ आएको समेत बताए। ५ वटा मुल एजेन्डा बोकेर आएका उनले अहिलेको NRNA कोरियाले बिधार्थी र श्रमिकलाई उपेक्षा गरेको बताउदै आफु बिधार्थी र श्रमिकको पक्षमा सदैब हुने साथै NRNA कोरियालाई बिश्वकै उत्कृष्ट NRNA बनाउन लागि लागिपर्ने समेत बताए।

आफु कार्यरत बैकसँग समन्वय गरी नेपालीहरुको लागि सेल्टर(महिलाको लागि छुट्टै)को व्यवस्था गर्न पहल गर्ने, कोरियामा रहेका नेपालीहरुमाझ नेपालमा लगानीमैत्री कार्यक्रमको लागि पहल गर्ने, विभिन्न कोरियन संघ संस्थाहरुसँग समन्वय गरी नेपालीहरुको संस्कृति झल्किने बहुसांस्कृतिक(हिन्दु तथा बुद्धिस्ट) मन्दिर स्थापनाको लागि पहल गर्ने, नेपालीहरुको लागि आपतकालिन राहतकोषको लागि पहल गर्ने र एनआरएनए कल सेन्टर तथा नेपाली स्कुललाई अझ परिस्कृत गर्दै निरन्तरताको लागि पहल गर्ने आफ्नो मुल एजेन्डा भएको बताउँदै अब NRNA कोरिया राम्रो बनाउने हो भने युवा आफै अगाडि बढ्न पर्ने र अब पनि असल युवाले NRNA कोरियाको नेत्रृत्व नलिने हो भने NRNA कोरिया कहिल्यैँ राम्रो हुन नसक्ने समेत बताए। भट्टराई जो सँग पनि मिल्न सक्ने र सामाजिक काम भने पछि दिन रात नभन्ने भएको हुदाँ उनलाई कोरियामा भएका सबै नेपालीहरुले अत्यधिक मत दिएर बिजयी गराउनेमा आफुहरू ढुक्क रहेको कोरियामा रहेका नेपाली समुदायका जानकारहरु बताउँछन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय