Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन सरकारले कोईका मार्फत नेपालमा सहयोग पठायो काम एनआरएन कोरियाले आफुले पठाएको जसरी हल्ला पिट्यो

सोल,दक्षिण कोरिया,

दक्षिण कोरियाले नेपाललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोरिया सरकारले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलरको १७७६० RT-PCR टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण समारोहमा राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड-१९ को दोस्रो लहरलाई नियन्त्रण गर्न सहयोग गर्ने बताउनु भयो। किट हस्तान्तरण पश्चात नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुर्‍याउने डा रोशन पोखरेलले बताउनु भयो । महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्‍याएकोमा कोरियाली सरकारलाई उनले धन्यबाद प्रकट गरे ।

कोभिड- १९ महामारीको दोस्रो लहरको बिरूद्ध लड्न नेपाल सरकारलाई सहयोग पुर्‍याउन गणतन्त्र कोरिया र कोइकाले आउँदो जुलाई/ अगस्त सम्म ३७८ पिस अक्सिजन कन्सर्टेटर खरीद सहित नेपाल सरकारलाई प्रदान गरिने पनि जानकारी गराइएको छ।

दक्षिण कोरियाले यस कठिन संकटकालमा नेपाललाई सँधै सहयोग पुर्‍याएको छ। यसघि पनि भूकम्प, प्राकृतिक प्रकोप महामारी जस्ता विपत्तिमा नेपाललाई कोरियाले सहयोग गर्दै आएको छ। दक्षिण कोरियाले बिस्तारै नेपालमा अनुदान सहयोग पनि बढाउँदै गएको छ।

एन आर एन दक्षिण कोरियाको ‘सस्तो लोकप्रियता’ मोह विवादित बन्दै

कोरिया सरकारले नेपाललाई गरेको सहयोगलाई एन आर एन कोरियाले जस लिन खोजेपछि  एन आर एन कोरिया विवादित बनेको छ।
मिडियामा गलत प्रचार गरेर जस लिन भ्रम पारेको भन्दै सामाजिक सञ्जालमा एन आर एन दक्षिण कोरियाको नियत माथि प्रश्न उठेका छन्। उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले पनि एन आर एन लाई अनावश्यक ढंग बाट मिडियाको प्रयोग नगर्न र यस्ता सहयोग कोरियन सरकार र कोइकाको  समन्वयमा हुने भएकाले अन्य कुनै निकाय सँग सम्बन्ध नभएकाले अनर्गल प्रचार प्रसार नगर्न आग्रह गरिएको बुझिएको छ।

एन आर एन दक्षिण कोरियाको  विज्ञप्ति

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय