Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गर्ने

सौल । दक्षिण कोरियाले कोभिड–१९ विरुद्धको लडाइमा आफू नेपालसँगै उभिएको बताएको छ । उसले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्य सामग्री नेपाल पठाउने निर्णय गरेको एनआरएनए दक्षिण कोरियाले जनाएको छ।

अध्यक्ष यज्ञराज सुवेदीका अनुसार एनआरएनएले सहयोगका लागि गरेको अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरियाली सरकारले आकस्मिक सहयोगको रुपमा तत्काल दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । जसको जानकारी आफूहरुलाई सांसद खो यङ् यिनले फोनमार्फत गराएको सुवेदीले प्रवास खबरलाई जानकारी दिए।

दक्षिण कोरियाले उपलब्ध गराउने उक्त स्वास्थ्य समाग्री सौलस्थित नेपाली दूतावाससँगको समन्वयमा तत्काल नेपाल पठाइने सुवेदीको भनाइ छ ।

त्यस्तै अन्य ठूला र दिर्घकालिन सहयोगको मात्रा र विकल्पमा काठमाडौंस्थित कोरियन दूतावासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले आफूहरुलाई जानकारी गराएको सुवेदीले बताए।

यसअघि नेपालमा फैलिएको कोरोना भाइरसको भयावह स्थिति नियन्त्रणका लागि सहयोगको अपेक्षा राख्दै एनआरएनए दक्षिण कोरियाको एक टोलीले संसद भवन पुगेर महामारी नियन्त्रणमा सहयोग गरिदिन कोरियाली संसदको टिमसमक्ष आग्रह गरेको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय