Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले प्रस्थान अवधि अनुमति परिवर्तनको सूचना

 

कोरोनाको कारण आफ्नो देशमा फर्कनै नसक्ने स्थिति भएको अथवा त्यो देशमा उडान नै नभएको खण्डमा मात्रै यहाँ बस्नको लागी अस्थायी अनुमति दिने भएको छ ।
कोरियामै रहने उद्देश्यका साथ अस्थायी अनुमती प्रणालीकै दुरुपयोग हुने गरि उडान नभएको , जहाज नपाएको जस्ता झुठो बोल्ने तथा गलत टिकट बनाएर भिषा लबाएर बस्ने गरेको पाईएपछी कडाईका साथ पालना गर्नको लागि यो नियम ल्याईएको छ ।

यद्यपि जानै नसक्ने तथा बस्नै पर्ने अपरिहार्य कारण देखाएको खण्डमा भने अस्थायी बसोबास अनुमती प्राप्त गर्न सक्नेछन । तर त्यस्ता ब्यक्तिले पनि जाने मिति सहितको उडान टिकट पेश गर्नैपर्ने हुन्छ ।

यसरी पेश गर्दा यदि अस्थायी अनुमती प्राप्त भयो भने त्यो अवधिभित्र अनिवार्य रुपमा कोरिया छाड्नुपर्ने हुन्छ । यो नियम 2021-1-7तरिक भन्दा अगाडि प्रवेश गर्नेहरुलाई लागू हुन्छ भने
2021-1-8 तारिख बाट यो देशमा बस्नुपर्ने कारण खुलाउनुपर्ने छ । कारण खुलाउँदा मार्फत खुलाउनुपर्नेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय