Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

फ्रीमा सल्लाह नपाईने देश कोरियामा फ्री फोन पाईन्छ भनेर प्रचार गरेपनी नलिनुहोला । फोन बेच्नेको ठगी धन्दा चलेको छ । ।

सौल। दक्षिण कोरियामा पछिल्लो पटक लाईनफोन प्रयोगकर्ताहरु ठगिएको गुनासो  गर्नेको संख्या बढेको । लाईन फोन प्रयोग गर्दा लोभलाग्दो ‘स्किम’ पाईने प्रलोभनले  गर्दा अधिकांश नेपालीहरु ठगिन बाध्य भएका हुन्।  दक्षिण कोरियामा लाईन फोन तथा मोबाईल फोन कारोबार गर्ने व्यापारीहरु अधिकांश कोरियनहरु छन् भने त्यसमा काम गर्ने भने बिदेशीहरु छन्। नेपाली ग्राहकहरु संग कारोबार गर्नको लागी पसल संचालकहरुले नेपालीहरुलाई नै कामदारको रुपमा राखेका हुन्छन्।धेरै छिटो नाफा कमाउने पसल संचालकहरुको सोच र धेरै बेचेबापत ‘बोनस’ पाउने कामदारहरुको स्वार्थका कारण अधिकांश लाईन फोन प्रयोग कर्ता हरु ठगिएका हुन्। धादिङ्गका उप्रेती थरका  एक नेपालीले ८ महिना अघि सुवनको एक मोबाईल पसलबाट लाईन फोन लिएबापत ६ महिना पछि  क्यास ब्याक ( लाईन फोन प्रयोग गरेबापत केही रकम प्रयोगकार्ताको खातामा जम्मा  हुने ) पाउने आशामा लाईन फोन लिए। तर ८ महिना भयो तर उनले क्यास ब्याक पाउनुको साटो उल्टो उनको खाताबाट पैसा काटिरहेको छ।  यो बिषयमा उनले नेपाली कर्मचारीलाई धेरै पटक गुनासो गरे पनि ती कर्मचारीले अनेक बहाना बनाएर झुलाउने गरेको बताए। त्यस्तै भक्तपुरका महर्जन थरका एक नेपालीले सुवनकै अर्को मोबाइल पसलबाट लाईन फोन प्रयोग गरेबापत  एउटा मोबाइल फोन निशुल्क र अर्को ६ महिना पछि लाईन काट्न मिल्ने सर्तमा उक्त सेवा प्रयोग गरे तर ६ महिना पछि लाईन काट्न खोज्दा त्यस्ता ४ वटा मोबाइल किन्न पुग्ने पैसा दिएर मात्र लाईन काट्न मिलेको उनले गुनासो  गरे।  निकै आक्रोशित देखिएका उनले नंया दैनिकी संग भने ‘ अफरको नाम लाईन फोन किन्ने गल्ती अब कहिले पनि गर्दिन’ ,उनले थपे ‘म अरु साथीहरुलाई पनि यस्ता प्रलोभनमा नपर्न सुझाव दिन्छु। ‘


त्यस्तै बुटवलको थापा थरकी एक लाइन फोन पिडित विद्यार्थीका अनुसार ६ महिना सम्म लाइन फोन प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने भएकोले लाइन फोन लिएको तर उल्टो आफ्नो बैंक खाताबाट पैसा काट्ने गरेपछि उक्त पसलमा गुनासो गरेपनि उक्त मोबाइल पसलले उल्टो धम्की दिंदै आएको छ। माथी उल्लेखित घटना त प्रतिनिधी घटनाहरु मात्र हुन्।  यसरी विभिन्न प्रलोभनमा पारेर ठग्ने घटनाहरु अहिले सामान्य  जस्तै बनेका छन्। तर ती मोबाइल पसल संचालकहरु भने आफुहरुले नठगेको बरु ग्राहकहरुले निश्चित शर्तहरु पालना नगरेर कहिले काही यस्ता समस्या र गुनासो आएको बताउछन्।  तर पिडितहरु भने ती संचालकहरुले लाईन फोन किन्दा शुरुमा आकर्षक अफरहरु रहेको बताउने तर प्रयोग गर्न शुरु गरेपछि  अनेक अनावश्यक शर्तहरु थोपर्दै जाने र धेरै ठुलो रकम लिने गरेको बताउछन्।


तर मोबाइल फोन व्यवसायको क्षेत्रमा राम्रो सफलता प्राप्त गरिरहेका सन्तोष कुमार राईले केही दिन अघी कोरियका सक्रिय पत्रकारहरुलाई ट्याग गर्दै लामो स्टाटस मार्फत सबैलाई  एउटै नजरले हेर्न नमिल्ने र  लाईन फोन लिनु भन्दा अगाडी सबै अफरहरु बुझेर मात्र लिन सुझाव दिएका छन्।  उनको स्टाटस र प्रतिक्रियाहरु यस्ता छन्-

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय