Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा जुलाई १ गतेबाट पासपोर्टको म्याद नभए भिषा नथपिने

मिन बि क ,
सौल दक्षिण कोरिया
आउँदो जुलाई १ तारिकदेखी दक्षिण कोरियामा बिदेशीको लागी भिषा तप्नको लागी नयाँ नियम लागु भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयले आज मार्च ३१ तारिकमा हाई कोरियामा सुचना प्रकाशीत गर्दै भनेको छ ,आउँदो जुलाईबाट भिषा थप गर्दा पासपोर्टको म्याद नभएको बिदेशीको भिषा नथपिने भएको छ।
उक्त सुचना अनुसार यस नियमलाई तत्काल पालना गर्नको लागी अथवा तत्काल पासपोर्ट बनाउन समस्या र भिषा थप्ने पर्ने अवस्थामा मात्रै डिसेम्बर ३१ सम्मको भिषा थापिदिनेछ। त्यसपछि भिषा थप्नुपरेमा पासपोर्टमा म्याद नभए भिषा थपिने छैन।

यो नियम कोरियामा रहेका  F~5,F-2-4, :G-1-6 भिषा बाहेक सम्पुर्ण भिषा लिनेहरुलाई लागु गरिएको छ। यस नियमले कोरियामा रहेका विदेशीलाई उचित ब्यबस्थापन गर्न सहयोग पुग्ने न्याय मन्त्रालयले जनाएको छ , २०२० मा कोरियामा रहेका ९६,१३० जना बिदेशीहरुको पासपोर्टको म्याद सकिएको र उनीहरुले नयाँ पासपोर्ट नबनाएको उक्त सुचनामा उल्लेख गरिएको छ । त्यस्तै २०१९ मा नयाँ पासपोर्ट बनाएको तर अध्यागमनमा पासपोर्ट दर्ता नगरेको बिदेशीको संख्या ८,७६८ जना रहेका थिय, जसबाट अध्यागमन जरिवानाको रुपमा १ .१ अर्ब रुपैयाँ उठाएको थियो। स्मरण रहोस नयाँ पासपोर्ट बनाएको १५ दिनभित्र नजिकको अध्यागमन विभागमा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ यदि १५ दिनभित्र दर्ता नगरेको खण्डमा जरिवाना लाग्नेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय