Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाल छुट्टिमा जान खोज्दै हुनुहुन्छ ? रिइन्ट्री पर्मिट लिने देखि फर्किने सम्म यसरी ब्यबस्थापन गर्नुहोस र सजिलैसँग नेपाल गएर आउनुहोस ।

बिस्वभरि महामारीको रुपमा फैलिएको (covid-19) कोरोना अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।यसको प्रभाव बिश्व भर साना देखि ठुला र धनि देखि गरिब सबै रास्ट्रहरुलाई परिरहेको छ। पछिल्लो समय कोरियामा पनि यस्को बढ्दो प्रभावका कारण कोरियन सरकारले आफ्नो सुरक्षा नितिलाई एकदमै कडा बनाइरहेको छ । कोरियाले कोरोना प्रभावित देशहरु मध्ये नेपाललाई पनि अक्टाेबर 26 देखि रेड जोनमा राखेर बिदामा जाने नेपाली कामदारहरूलाई re entry permit बिना फेरि कोरिया प्रस्थान गर्न दिइरहेको छैन । re entry permit अत्यावश्यक र इमर्जेन्सी केश भएकाहरुले मात्र लिन सक्ने ब्यबस्था गरेको छ ।

नेपाल जाने वा नेपालबाट कोरिया आउने साथीहरूको लागि केहि हद सम्म सहयोग पुगोस भनेर मैले तपाई हरुलाई कोरिया देखि नेपाल र नेपाल देखि कोरिया आउदा मैले भोगेका तिता मिठा घटना र गर्नु पर्ने प्रक्रियाका बारेमा यो सानो पोस्ट लेख्दै छु ।
सर्बप्रथम तपाइँहरुलाई यो स्थितीमा नेपाल जानु पर्ने अबस्था सृजना भयो या जाने सोचमा हुनुहुन्छ भने त्यस्को लागि कोरियाको अध्यागमन बिभागले बिस्वास गर्न सक्ने प्रमाण सहितको डकुमेन्ट र प्लेन टिकट साथमा लिएर नजिकैको अध्यागमन बिभागमा गएर आफ्नो समस्या र आफुले लगेको डकुमेन्ट पेश गर्नु होला।त्यसपश्चात् उनिहरुले तपाइको डकुमेन्टको आधारमा बिश्वास लागे मात्र re entry permit दिन सक्नेछन ।

तपाईंले बिदा भर्दा ९० दिन सम्मको भर्न मिल्ने हुदा आफु फर्कने मिति तय गरि त्यहि अनुसार अध्यागमन बिभागलाई जानकारी गराउन सक्नु हुनेछ ।यति काम सकिएपछि तपाइले नेपाल प्रस्थान गर्नु भन्दा एक दिन अगाडि रिपोर्ट आउने गरि कोरियाको सम्बन्धित अस्पतालबाट कोरोना टेस्ट गरेको pcr (-)कोरिपोर्ट लिएर नेपाल प्रस्थान गर्न सक्नु हुने छ। अहिले नेपालमा बिदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइन अनिवार्य नगरिएको हुदा तपाईं आफ्नो तरिकाले आफ्नो गन्तव्य सम्म जान सक्नु हुनेछ ।नेपाल गएको केहि दिन अथवा तपाइको कोरिया फर्कने मिति भन्दा ३ हप्ता अगाडि HRD KOREA ग्वार्कोको वेबसाईट www.epsnepal.gov मा गएर त्यहाँ उल्लेखित फारमहरु भर्नु पर्ने हुन्छ जुन फाराम भर्दा आफु कोरिया फर्के पस्चात् क्वारेन्टाइन बस्ने ठाँउको पुरा ठेगाना र कम्पनी मालिकको पुरा नाम अनि सम्पर्क नम्बर र क्वारेन्टाइन अबधि भरि कोरोना पोजेटिभ देखिएमा त्यस्को सम्पुर्ण खर्चको जिम्मेवारी म आफै रहने छु भनि फाराम भरेर फर्कने मिति तय गरिएको प्लेन टिकट 1 प्रति सहित इमेल गर्नु पर्ने हुन्छ । यसरि इमेल गरिसके पछि तपाइको डकुमेन्ट फेरि कोरिया जानेछ र कोरियाबाट अध्यागमन बिभागले तपाई क्वारेन्टाइन बस्ने ठाँउ र अन्य कुराहरु ठिक छ छैन बुजेर बल्ल स्विकृत गरि HRD KOREA मार्फत तपाईलाई इमेल गर्ने छ । त्यसैले तपाइहरुले सक्नु हुन्छ र सम्भब भए सम्म सरकारि क्वारेन्टाइनमा बस्नु होला यो प्राइभेटको तुलनामा सस्तो र सरकारी भएको कारण अध्यागमनले पनि खासै बुझिराख्नु नपर्ने हुदा तपाइको कोरिया प्रस्थानको प्रक्रिया अलि छिटो र सहज हुन सक्दछ ।यस् पश्चात् तपाइको कोरिया प्रस्थान प्रकृया अध्यागमन बिभागबाट स्वीकृत भएर आएपछि मात्र प्लेन टिकट कन्फर्म गरि नेपालको सम्बन्धित अस्पतालबाट तोकिएको मिति भन्दा एक दिन अगाडी PCR टेस्ट गराइ PCR टेस्ट नेगेटिभको प्रमाणपत्र ,क्वारेन्टाइन स्विकृत पेपर र प्लेन टिकट सहित तोकिएको मितिमा कोरिया प्रस्थान गर्न सक्नु हुनेछ ।

अन्त्यमा तपाइँ कोरियाबाट नेपाल अथवा नेपालबाट कोरिया आउदै हुनुहुन्छ भने कृपया प्रेस्कृप्शन बिनाको औसधि ,सुर्तीजन्य बस्तुहरु ,मासु ,घिउ,बढी गन्ध आउने मरमसला ,खाद्यबस्तुहरु लगायतका सामानहरु नलिइ आउनु होला ।अहिले कोरियन सरकारले एयरपाेर्टमा निकै कडाइ गरेको हुदा म आफु पनि ३ घन्टासम्म पुलिससहितको निगरानी पस्चात केहि सामानहरु फालेर अब आइन्दा यस्ता बस्तुहरु बोक्ने छैन भनि कागज गरे पस्चात बाहिर निस्किने अनुमति मिल्यो ।त्यो अबधि भर तपाई नया हुनुहुन्छ अथवा भाषामा कमजोर हुनुहुन्छ भने अत्यन्तै मानसिक तनाब झेल्नुपर्ने हुन्छ ।त्यसैले साथीभाई तथा आफन्तहरुले पनि यस्ता समस्याहरुलाई बुजेर अनावश्यक सामानहरु नपठाइदिनु होला र तपाईहरुले यो बारेमा अझ केहि बुज्न परेमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्दै यो पोस्टलाई शेयर गरेर सबै कोरियामा रहनुहुने साथीहरुसम्म जानकारीको लागि पुय्राईदिनु हुन अनुरोध गर्दछु ।
धन्यवाद ।??

रमेश अधिकारी
नुवाकोट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय