Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्याङ्जा, दरौ-पोखरा सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः टेकनाथ पौडेल

रमेश रोकाहा,पोखरा २०७७ चैत ७

स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउपालिका-६ वाट पोखरा, कास्कीमा आइ स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहनुभएका गाउँबासिहरुको साझा चौपारी स्याङ्जा, दरौ-पोखरा सम्पर्क समाजको “दोश्रो अधिवेशन, तेस्रो बार्सिक साधारणसभा एवम् सम्मान कार्यक्रम-२०७७” यहि मिति २०७७ चैत ७ गते शनिबारका दिन पोखरा-१७ बिरौटास्थित बराल पार्टी प्यालेसको सभाहलमा करिव १४५ जना गाउँबासीहरुको उपस्थितिमा सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष लोकनाथ ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा अर्जुनचौपारी गापा-६ का वार्ड अध्यक्ष तेज बहादुर रोकाको प्रमुख आतिथ्यता, स्याङ्जालि सम्पर्क सदनका अध्यक्ष लिला प्रसाद पङ्गेनी र अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हेमनारायण चापागाईंको विशिष्ट आतिथ्यता एवम् क्रमश अर्जुनचौपारी गापा-पोखरा सम्पर्क समाजका द्वितिय उपाध्यक्ष गोविन्द काफ्ले, आरुचौर एकता समाज पोखराका अध्यक्ष गोविन्द सापकोटा, समाजसेवी होम कुमारी गुरुङ, सस्कृतीकर्मी एवम् गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ तथा समाजसेवी क्या. लक्ष्मण गुरुङको आतिथ्यता रहेको थियो भने सस्थाका द्वितीय उपाध्यक्ष ओम प्रसाद ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । समाजका सल्लाहकारहरु वेदप्रकाश पौडेल, मेजर लक्ष्मी प्रसाद पौडेल, दुर्गा पौडेल(ढकाल), प्रेम प्रसाद ढकाल, तिल बहादुर रोका र निर्वाचन मन्डलका संयोजक समेत रहनुभएका तिलकराम पौडेलको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिब रमेश रोकाले गर्नुभएको थियो ।
कार्यक्रममा सस्थाको उनन्नय एवम् प्रगतिका लागि निरन्तर सहयोग गर्दै आउनुभएका सस्थाका सल्लाहकार मेजर लक्ष्मी प्रसाद गुरुङ/ श्रीमती हुम कुमारी गुरुङ ज्युलाइ सस्थामा मेजर लक्ष्मी प्रसाद गुरुङ/हुम कुमारी गुरुङ अक्षयकोष स्थापनार्थ रु. १,०१,११५/- (अक्षरुपि एक लाख एक हजार एक सय पन्ध्र) उपलब्ध गराउनुभएकोमा साथै सस्कृती जगेर्ना तथा नेपाली पोशाकको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आउनुभएका सस्कृतीकर्मी तथा गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ ज्यु दुवैलाइ दोसल्ला ओढाएर कदरपत्रसहित बिशेष सम्मान गरिएको थियो ।
सोही अवसरमा आजिवन सदस्यता बिस्तार एवम् वितरण, सस्थालाइ विभिन्न अवसरमा आर्थिकं, नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाइ सम्मानपत्र तथा सस्थाले बिगतमा आयोजना गरेका विभिन्न नियमित कार्यक्रमहरुका संयोजकहरुलाइ सम्मानपत्रसहित सम्मान गरिएको थियो।
सभामा कार्यसमितिको तर्फबाट रमेश रोकाद्वारा सचिबको प्रतिवेदन र दिपक कुमार रोकाद्वारा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने उक्त भेलाबाट आगामी कार्यकालका लागि देहायबमोजिमको १५ सदस्यीय कार्यसमिती चयन गरेको छ।
अध्यक्ष: टेकनाथ पौडेल
१. अध्यक्ष: टेकनाथ पौडेल
२. प्रथम उपाध्यक्ष: लोकनाथ ढकाल
३. द्वितीय उपाध्यक्ष: रमेश रोका
४. सचिब: दिपक कुमार रोका
५. कोषाध्यक्ष: लक्ष्मी अधिकारी
६. सह-सचिब : अनुजा गुरुङ
७. सह-कोषाध्यक्ष: प्रकाश थापा गोदार
सदस्यहरु:
८. जगत गुरुङ
९. बद्रीनाथ ढकाल
१०. दिलकाजी भुजेल
११. गिता लम्साल पौडेल
१२. बिजय कुमार खड्का क्षेत्री
१३. गङ्गा बहादुर रोका
१४. सरस्वती ढकाल
१५. सन्तोस पौडेल
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय