Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा नयाँ रेमिट्यान्स JRF(Japan Remit Finance) को सेवा सुचारु

सौल दक्षिण कोरिया
विगत ८ बर्ष देखि जापानबाट सेवा सुरु गर्दै विश्वको विभिन्न मुलुक जस्तै इटालि , मलेसिया , फिलिपिन्स , भेतनाम, हङकङमा कार्यालय रहि हाल २०२१ ।०३ ।१७ बाट कोरियामा पनि आफ्नो औपचारिक रुपमा कारोबार सुरु गरेको छ l विश्वभर २ लाख भन्दा धेरै ग्राहकहरुले JRF को सेवा लिई सकेका छन् । JRF को प्रधान कार्यालय गाङनाममा रहेको छ भने पहिलो शाखा कार्यालय आन्सानमा अवस्थित छ ।

स्थापनाको सुरुवातमा नेपाल, श्रीलङ्का, भेतनाम, फिलिपिन्सका लागि सेवा रहेतापनी चाडैनै थुप्रै देशहरुमा सेवा बिस्तार गर्ने योजना रहेको नेपालका लागी कन्ट्री म्यानेजर बाला के. सि. ले जानकारी गराउनु भयो । उहाले, अहिलेको रेमिट्यान्स बजार प्रतिस्प्रदा तथा कोभिड १९ को विषम परिबेशमा सेवा सुचारु गर्दा थुप्रै चुनौतीहरु रहेता पनि आफ्नो समुहले गुण्स्तरिय सेवा दिइ ग्राहकहरुको मन जित्ने कोसिस गरिरहने जानकारी दिनुभएको छ । उहाका अनुसार ग्राहकहरुले JRF को पहिलो करोबार नि:शुल्क गर्न सक्ने छन् भने प्रत्येक १ जना नयाँ साथीलाई दर्ता गराइ कारोबार गराए बापत पनि १ कुपन प्राप्त गर्नेछन् । JRF को सम्पूर्ण सेवा अनलाईनबाट JRF KOREA एप मार्फत लिन सकिने छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय